Logo बिहिवार, आश्विन १ गते २०८३
images

कांग्रेस संसदीय दलको नेताका रुपमा भीष्मराज आङ्दाम्बेको नाम प्रस्ताव

कांग्रेस संसदीय दलको नेताका रुपमा भीष्मराज आङ्दाम्बेको नाम प्रस्ताव

  • 465
    SHARES

  • कांग्रेस संसदीय दलको नेताका रुपमा भीष्मराज आङ्दाम्बेको नाम प्रस्ताव

    काठमाडौँ,वैशाख  १४ ।

     नेपाली कांग्रेसको संसदीय दलको नेताका रुपमा भीष्मराज आङ्दाम्बेको नाम प्रस्ताव भएको छ। सोमबार पार्टी कार्यालयमा सुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उनको नाम प्रस्ताव भएको हो । 

    बैठकमा सभापति गगन थापाले पूर्वसहमहामन्त्री समेत रहेका आङ्देम्बेलाई दलको नेता बनाउने प्रस्ताव गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । दलको नेतामा सहमति जुटाउन गत शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा ७ सदस्यीय समिति बनाएके थियो ।

    समितिमा अर्की उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे तथा दलको नेता चयन गर्न बनेको निर्वाचन समितिलाई सहमतिका लागि जिम्मेवारी दिइएको थियो । 
    केन्द्रीय कार्यसम्पादन समितिले संसदीय दल नेता चयनमा सहजीकरणको भूमिका खेलिरहेको थियो । संसदीय दल नेता भने सांसदहरूले नै चयन गर्नुपर्ने भएकाले दिउँसो सिंहदरबारस्थित संसदीय दलमा दलको बैठक बोलाइएको छ ।

    दिउँसो १ बजे संसदीय दल नेता सर्वसहमतिका आधारमा घोषणा गर्ने तयारी छ। कांग्रेसमा ३८ जना सांसद छन्। आङ्देम्बे समानुपातिक तर्फबाट सांसद भएका हुन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology