बुटवल,बैसाख १३ ।
प्रगतिनगर सामुदायिक विद्युतसहकारी संस्था लिमिटेडको नवौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनमा नेपाली कांग्रेस नेतृत्वको प्यानलै बिजयी भएको छ । हिजो बैसाख १२ गते मतदान भएको थियो ।
सम्पन्न निर्वाचनबाट अध्यक्षमा कृष्ण प्रसाद चौधरी, उपाध्यक्षमा नारायण शारु, सचिबमा लक्ष्मण भण्डारी, कोषाध्यक्षमा धर्म सिंह लामकाने मगर निर्वाचित भएका छन् ।
यहाँ कांग्रेसको छुट्टै र एमाले–रास्वपाको छुट्टै प्यानल चुनावी मैदानमा उत्रेको प्रगतीनगर सामुदायिक बिधुत सहकारी संस्था लिमिटेडका निवर्तमान अध्यक्ष जित बहादुर मल्लले नागरिक अनलाइनलाइ जानकारी दिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)