Logo बिहिवार, आश्विन १ गते २०८३
images

असुरक्षित गर्भपतन गराउँदा गीताको मृत्यु, दुई चिकित्सकसहित पाँच जना पक्राउ

असुरक्षित गर्भपतन गराउँदा गीताको मृत्यु, दुई चिकित्सकसहित पाँच जना पक्राउ

  • 426
    SHARES

  • असुरक्षित गर्भपतन गराउँदा गीताको मृत्यु, दुई चिकित्सकसहित पाँच जना पक्राउ

    बुटवल, वैशाख ९ ।

    बुटवलमा असुरक्षित गर्भपतन गराएको आरोप लागेका दुई जना चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।गर्भपतनका क्रममा पाल्पाकी गीता पाण्डेको मृत्यु भएपछि उहाँका आफन्तले दिएको उजुरीका आधारमा थप दुई जना चिकित्सकलाई प्रहरीले आज पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा खत्री नर्सिङ होमका सञ्चालक डा. डिबी खत्री र इन्दुलेखा स्वास्थ्य संस्था प्रालि. का सञ्चालक डा. सतिस रूपाखेती छन् । यसअघि इन्दुलेखा स्वास्थ्य संस्थाका सञ्चालक खगेन्द्रप्रसाद पाण्डे, जोनल फार्मेसी सञ्चालक सन्ध्या बस्नेत र निलम घर्ती मगरलाई प्रहरीले पक्राउ गरेको थियो ।IMG_0867.jpeg

    करिब १२ हप्ताकी गर्भवती पाण्डे वैशाख ५ गते श्रीमान्‌सँग बुटवलको इँटाभट्टास्थित खत्री नर्सिङ होम पुग्नुभएको थियो। खत्री मेडिकलले रिफर गर्दै जोनल फार्मेसी र इन्दुलेखा क्लिनिक पुऱ्याउँदासम्म पाण्डेको मृत्यु भएको थियो । IMG_0887.jpeg

    गर्भपतन गराउन भन्दै एकले अर्को क्लिनिकमा रिफर गर्दै लापरबाहीपूर्ण तरिकाले गर्भपतन गराउँदा पाण्डेको मृत्यु भएको भन्दै मृतकका श्रीमान् प्रकाश पाण्डेले इलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेरी दिनुभएको थियो ।

    घटनापछि मृतकका आफन्तले खत्री मेडिकल हल, इन्दुलेखा क्लिनिक र जोनल फार्मेसीमा तालाबन्दी गरेका छन्। दोषीमाथि कडा कारबाहीको माग गर्दै उनीहरूले केही समय पूर्वपश्चिम राजमार्ग अन्तर्गत चौराहा क्षेत्रमा सडक अवरुद्ध समेत गरेका थिए।

    मृतकका श्रीमान् प्रकाश पाण्डेले पाँच जनाविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले सन्ध्या बस्नेत, निलम घर्ती मगर र खगेन्द्र पाण्डेलाई सोमबार तथा डा. डिबी खत्री र डा. सतिस रुपाखेतीलाई पक्राउ गरेको जनाएको छ।

    हाल मृतकको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

    घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन :

    घटनाबारे नेपाल मेडिकल काउन्सिलले छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ। बुधबार काउन्सिलले व्यावसायिक आचरण तथा स्वास्थ्य समितिको निर्णयअनुसार काउन्सिलका केन्द्रिय सदस्य समेत रहेका डा सम्राट पराजुलीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो।

    उच्चस्तरीय टोलीमा स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्राडा पदमराज पन्त, डा.राजेन्द्र बस्याल, डा.अनुप पन्थी, कानुन विज्ञ गोविन्द मरासिनी र नागरिक समाजका प्रतिनिधि दिनेश रहनुभएको काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देवद्वारा  जारि विज्ञप्तिमा उल्लेख छ ।

    टोलीलाई बुटवलस्थित सम्बन्धित स्वास्थ्य संस्थामा स्थलगत अनुगमन तथा निरीक्षण गर्न, घटनाको वास्तविकता पत्ता लगाउन भनिएको छ।काउन्सिलले छानबिन प्रक्रिया स्थानीय जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीसँग समन्वय गरेर अघि बढाइन जनाएको छ।

    दोषी भेटिएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने संयोजक पराजुलीले जानकारी दिनुभयो । यस घटनामा संलग्न रहेको भन्दै परिवारको किटानी जाहेरीपछि बुटवल प्रहरीले दुई डाक्टरसहित पाँच  जनालाई नियन्त्रणमा लिएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology