Logo बिहिवार, आश्विन १ गते २०८३
images

जोखिमपूर्ण गर्भपतनको चक्करमा गीताले गुमाइन मेडिकल तथा क्लिनिकहरुमा घुम्दाघुम्दै ज्यान !

जोखिमपूर्ण गर्भपतनको चक्करमा गीताले गुमाइन मेडिकल तथा क्लिनिकहरुमा घुम्दाघुम्दै ज्यान !

  • 1.9K
    SHARES

  • जोखिमपूर्ण गर्भपतनको चक्करमा गीताले गुमाइन मेडिकल तथा क्लिनिकहरुमा घुम्दाघुम्दै ज्यान !

    बुटवल,बैसाख ८ ।

    पाल्पाको बगनासकाली गाउँपालिका-२ की गीता पाण्डेले निजी क्लिनिकहरुको घनचक्करमै ज्यान गुमाएकी छन् । चिकित्सकहरुको लापरबाही तथा क्लिनिकहरुको कमाउ धन्दाको चक्करमा गीताले ज्यान गुमाउनु परेको मृतकका परिवारको आरोप छ । 
    बुटवलमा गर्भपतन गराउने क्रममा उनको मृत्यु भएको हो। बुटवल उपमहानगरपालिका वडा नम्बर–९, इट्टाभट्टीस्थित खत्री नर्सिङ होममा नियमित गर्भ परीक्षण गराउँदै आएकी गीताले उपचारकै क्रममा विभिन्न मेडिकल तथा क्लिनिकहरुमा घुम्दाघुम्दै मृत्यु भएको हो ।IMG_0867.jpeg

    नियमित गर्भ परीक्षण गराइरहेको खत्री नर्सिङ होममा गत चैत्र २७ गते भिडियो एक्सरेर गरेर हेर्दा बच्चाको स्वास्थ्य अवस्था एपनर्मल (असाधारण) रहेको भनेर चिकित्सकले भनेपछि गीताले भर्ग पतन गराउने निर्णयमा पुगेकी थिइन ।

    चिकित्सकको सल्लाह अनुसार नै बैशाख ५ गते श्रीमानसहित बुटवल आएकी पाण्डे खत्री नर्सिङ होममा नियमित फलोअपसहित उपचारका लागि पुगेकी थिइन्। त्यहाँबाट थप उपचारका लागि उनलाई जोनल फार्मेसीमा रिफर गरिएको थियो। जोनल फार्मेसीमा कार्यरत स्वास्थ्यकर्मीले गर्भपतन गराउन औषधि प्रयोग गरेका थिए।
    त्यहाँ रहेका स्वास्थ्यकर्मीहरुले गीतालाई वैशाख ५ गते शनिबार साँझ १० बजे एक खुराक र भोलिपल्ट विहानै ६ बजे अर्को खुराक औषधी खाएर आइतबार विहान १० बजे फार्मेसी आउनका लागि भनेका थिए । सोही अनुसार भोलीपल्ट थप उपचारका लागि जोनल फार्मेसी पुगेकी गीताले घर फर्किन भने पाइनन् ।IMG_0885.jpeg

    जोन फार्मेसीमा उनको उपचार प्रक्रिया सफल नभएपछि उनलाई सोही क्षेत्रको इन्दुलेखा क्लिनिकमा लगिएको थियो। त्यहाँ समेत औषधि प्रयोग गरेर गर्भपतन गराउने प्रयास गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। लगातार औषधि प्रयोगपछि स्वास्थ्य अवस्था गम्भीर बनेकी पाण्डेलाई अन्ततः लुम्बिनी सिटी अस्पताल पुर्‍याइएको थियो।d331265f6280f7e8d894ee9a5d0d17aa.jpeg
    अस्पताल पुगेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। प्रारम्भिक तथ्यले अनुभवी तथा विशेषज्ञ चिकित्सकको सल्लाहबिना नर्सिङ होम, क्लिनिक र फार्मेसीमार्फत असुरक्षित तरिकाले औषधि प्रयोग गरिएको देखाएको छ।

    यसले घटनामा गम्भीर लापरबाही भएको आशंका बलियो बनाएको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार मृतकका श्रीमानले घटनाबारे जाहेरी दर्ता गराएपछि अनुसन्धान सुरु गरिएको बताए ।
    “घटनामा संलग्न फार्मासिस्ट र सञ्चालकलाई नियन्त्रणमा लिएका छौं, आवश्यक परे अन्य चिकित्सकलाई पनि अनुसन्धानका लागि ल्याइनेछ,” उनले भने। खत्री नर्सिङ होमका सञ्चालक डिबि खत्री, जोनल फार्मेसीका सञ्चालक डा. बिष्णु गौतम र इन्दुलेखा क्लिनकका सञ्चालक डा. सतिश रुपाखेती हुन् । इन्दुलेखा क्लिनिक दर्ता समेत नभएको यो घटनापछि अनुसन्धानमा भेटिएको छ ।प्रहरीले घटनासँग सम्बन्धित स्वास्थ्य संस्थाका तीन जना व्यक्तिलाई पक्राउ गरिसकेको छ।

    पक्राउ पर्नेमा खत्री पोलिक्लिनिककी सन्ध्या बस्नेत, जोनल क्लिनिककी निलम घर्तीमगर र इन्दुलेखा क्लिनिकका खगेन्द्र पाण्डे रहेका छन्।

    बुटवल क्षेत्रमा अवैध रूपमा गर्भपतन गराउने क्लिनिक तथा फार्मेसीहरूको संख्या बढ्दो रहेको पाइएको छ।
    सम्बन्धित निकायको स्वीकृति र दक्ष चिकित्सकको निगरानीबिना सेवा दिने प्रवृत्तिले यस्ता जोखिमपूर्ण घटना दोहोरिने खतरा बढाएको सरोकारवालाहरू बताउँछन्।

    बुटवलसहित विभिन्न स्थानमा अवैध रूपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थामा उपचार गराउँदा लापरबाहीका कारण महिलाहरूले अकालमै ज्यान गुमाउने घटनाले चिन्ता थपेको छ। यसो त कतिपय क्लिनिक र त्यहाँ कार्यरत स्त्रीरोग विशेषज्ञले असुरक्षित गर्भपतनका क्रियाकलाप मात्र गर्ने गरेको पाइएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology