Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आगलागीमा दुई घर पूर्ण रूपमा जलेर नष्ट

आगलागीमा दुई घर पूर्ण रूपमा जलेर नष्ट

  • 285
    SHARES

  • आगलागीमा दुई घर पूर्ण रूपमा जलेर नष्ट

    गाईघाट, वैशाख ८ ।

    उदयपुरको चौदण्डीगढी नगरपालिका–७, बेल्टार बजारमा मङ्गलबार बिहान भएको आगलागीमा दुई घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने घटनास्थलमा दुई जनाको जलेको अवस्थामा शव फेला परेको छ।

    प्रहरीका अनुसार विद्युत् सर्ट भएर बिहान करिब २ बजे आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनामा ज्यान गुमाउने व्यक्तिहरूको पहिचान खुल्न बाँकी रहेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक प्रभात लिम्बुले जानकारी दिनुभयो। आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको उहाँले बताउनुभयो।

    घटनास्थलमा दुई जनाको कंकाल फेला परेको छ। परिवारले दिएको जानकारीअनुसार लक्ष्मी खड्का र पवन खड्का हालसम्म सम्पर्कमा नरहेकाले फेला परेको कंकाल उहाँहरुकै हुन सक्ने अनुमान गरिएको छ।

    प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ। आगलागीबाट लक्ष्मी खड्का र रविनकुमार दासको घर पूर्ण रूपमा ध्वस्त भएको छ। लक्ष्मी खड्काको घरमा पुस्तक पसलको गोदामसमेत रहेकोले ठुलो क्षति भएको अनुमान गरिएको छ।

    आगो नियन्त्रणका लागि चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, रौतामाई गाउँपालिका तथा मधेश प्रदेशअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिकाबाट दमकल ल्याइएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र स्थानीयवासीको सहयोगमा करिब तीन घण्टापछि बिहान ६ बजे आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology