बुटवल,बैसाख ७ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय सल्लाहकार परिषदमा बिष्णुहरी शर्मा मनोनित भएका छन् ।
आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले शर्मासहित जीवन प्रभा लामा, काभ्रे, मोती प्रसाद पंगाली, नवलपरासी पुर्व, हरिप्रसाद पाण्डे, भक्तपुर र बिष्णुहरी शर्मा, कपिलवस्तु मनोनित भएका हुन् ।
लामो समयसम्म कम्युनिष्ट आन्दोलनमा लागेका शर्मा निर्वाचन भन्दा अघि रास्वपामा प्रवेश गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)