बुटवल, बैशाख ७ ।
आज बैशाख ७ गते । अर्थात बुटवलको जितगढीमा नेपाल–अंग्रेजका बीचमा भएको युद्धमा नेपालले विजय हासिल गरेको दिनको खुशीयालीमा जितगढी उत्सव मनाईँदै छ ।
१८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको खुसीयालीमा हरेक वर्ष विजय उत्सव मनाउने क्रममा आज पनि विजय उत्सव मनाउन लागिएको हो । बुटवल उपमहानगरपालिकाले प्रत्येक वर्ष विजय प्राप्त गरेको खुसीयालिमा विभिन्न कार्यक्रम आयोगजना गर्दै आएको छ ।
उपमहानगरका प्रमुख खेलराज पाण्डेयले जितगढी पर्वलाई राष्ट्रिय पर्वका रुपमा मनाउनु पर्ने बताउनुभएको छ । उहाँले कर्णेल उजिरसिंह थापालाई राष्ट्रिय विभूति घोषणा गर्नु पर्नेमा जोडदिनुभएको छ ।
यस वर्ष पनि उपमहानगरपालिकाले एक विशेष कार्यक्रमको आयोजना गरी जितगढी उत्सव मनाउँदैछ । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको पनि उपस्थिति रहने उपमहानगरका प्रमुख पाण्डेयले जानकारी दिनुभयो ।

आज जितगढी उत्सवका अवसरमा जितगढी उत्सव मूल समारोह, गोरखादेखि पैदलयात्रामा आएको नेपाली सेनाको टोलीलाई स्वागत तथा पैदल यात्रा समापन कार्यक्रम रहेको उपमहानगरका उपप्रमुख साबित्रादेवी अर्यालले जानकारी दिनुभयो ।
गणेश मन्दिर नजिकैबाट बाजागाजासहित शुरु हुने पैदलयात्रीसहितको विजय¥याली जितगढी किल्लामा पुगेर समापन हुने छ । त्यसपछि विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत दिपक ज्ञवालीले नागरिक अनलाइनलाइ जानकारी दिनुभयो । हरेक बर्ष पालिकाले अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गरेर जितगढी उत्सवका अवसरमा जितगढीकिल्लामा उत्सव मूल समारोह गर्दै आइरहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)