Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सरकारी कर्मचारीलाई अब १५ दिनमा तलबभत्ता !

सरकारी कर्मचारीलाई अब १५ दिनमा तलबभत्ता !

  • 315
    SHARES

  • सरकारी कर्मचारीलाई अब १५ दिनमा तलबभत्ता !

    काठमाडौँ, वैशाख ७ ।

    सरकारले अबदेखि कर्मचारीलाई प्रत्येक १५ दिनमा तलबभत्ता भुक्तानी गर्ने भएको छ । यसअघि राष्ट्रसेवक सरकारी कर्मचारीलाई मासिक रूपमा तलबभत्ता उपलब्ध गराइँदै आएकोमा अब नयाँ व्यवस्था गर्ने अर्थ मन्त्रालयले निर्णय गरेको हो ।

    वैशाख ४ गतेको अर्थमन्त्रीस्तरीय निर्णयबाट १५ दिनमै तलब सुविधा भुक्तानी गर्ने निर्णय भएको हो ।

    अर्थ मन्त्रालयले सरकारी भुक्तानी निकासा गर्ने व्यवस्था मिलाउन महालेखा नियन्त्रक कार्यालयलाई मन्त्रालयको निर्णयबारे पत्र लेखिसकेको छ । सरकारको यो निर्णयमातहतका समिति, आयोग, सार्वजनिक संस्थानमा क्रमशः लागु हुने मन्त्रालयले जनाएको छ । 

    बजारमा नगद प्रवाह बढाउन र कर्मचारीलाई सहजता दिने उद्देश्यसहित मन्त्रालयले यस्तो निर्णय गरेको उल्लेख छ । विकसित देशमा साप्ताहिक र पाक्षिक रूपमा तलब सुविधा भुक्तानी गर्ने प्रचलन छ ।   

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology