Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कपिलवस्तु बुद्धभूमिबाट पेस्तोलसहित एक युवक पक्राउ

कपिलवस्तु बुद्धभूमिबाट पेस्तोलसहित एक युवक पक्राउ

  • 297
    SHARES

  • कपिलवस्तु बुद्धभूमिबाट पेस्तोलसहित एक युवक पक्राउ

    कपिलवस्तु, वैशाख ७।

    कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४ वर्षीय श्याम कुँवर भन्ने सुरज कुँवरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी बुद्धभूमि-९ इमिलियाका हुन् ।

    पेस्तोल बोकेर हिँड्ने गरेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

    सुरजको कोठासमेत खानतलासी गर्दा पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ। उनलाई आइतबार हातहतियार तथा खरखजाना सम्बन्धी कसुर मुद्दामा अदालतबाट ५ दिन म्याद थप गराई थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology