Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल ११ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन,१ करोड २२ लाख लागत

बुटवल ११ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन,१ करोड २२ लाख लागत

  • 1.5K
    SHARES

  • बुटवल ११ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन,१ करोड २२ लाख लागत

    बुटवल,बैशाख ५ ।

    बुटवल उपमहानगरपालिका वडा नं ११ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन भएको छ । बुटवल उपमहानगरपालिका वडा नं ११ प्रगतिनगरमा १ करोड २२ लाख लागतमा निर्माण भएको कार्यालय भवनको शनिबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका हुन् ।butwal 11.jpg

    कार्यक्रममा नगर प्रमुख पाण्डेयले जनसंख्याको हिसाबले नेपालकै दोस्रो ठूलो वडाको रूपमा रहेको बुटवल-११ लाई देशकै नमुना वडाको रूपमा विकास गर्ने योजना अनुसार वजेट छुट्टयाइएको बताए ।

    उपमहानगरपालिकाका अन्य वडा भन्दा वडा नं ११ मा सबैभन्दा धेरै वजेट छुट्टयाइएको जानकारी गराउदै बुटवल उपमहानगरपालिकाले सो वडाका लागि बार्षिक २५ करोड बढी रकम छुट्टयाउदै आएको बताए ।

    बुटवल उपमहानगरपालिका वडा नं ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपप्रमुख सावित्रा देवी अर्याल, कार्यपालिका सदस्य हेमा थामी,प्रमुख प्रशासकीय अधिकृत दीपक ज्ञवाली,उपमहानगरपालिकाका भौतिक पुर्वाधार शाखा प्रमुख गौतम रौनियार,वडा सचिव रोमकान्त आचार्यलगायतले नवनिर्मित कार्यालय भवनवाट सेवाग्राहीले सहजरूपमा सेवा प्राप्त गर्ने वातावरण बनेको बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology