Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तिलोत्तमाका ६ विद्यालय समायोजन (मर्ज) र ७ वटा विद्यालयको तह मिलान गरिने

तिलोत्तमाका ६ विद्यालय समायोजन (मर्ज) र ७ वटा विद्यालयको तह मिलान गरिने

  • 744
    SHARES

  • तिलोत्तमाका ६ विद्यालय समायोजन (मर्ज)  र ७ वटा विद्यालयको तह मिलान गरिने

    बुटवल,बैसाख ४ ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विद्यार्थीको संख्या कम भएका विद्यालयहरुलाई मर्ज गरेको छ । नगरपालिकाले कक्षामा १५ जना भन्दा पनि कम विद्यार्थीहरु रहेका विद्यालयलाई मर्ज गर्ने निर्णय गरेको हो । 

    माघ २८ गते नगर कार्यपालिकाको बैठकबाट संस्थागत र सामुदायिक विद्यालय समायोजन लगायत नगरको शैक्षिक सुधारका लागि अध्ययन  गरी आवश्यक पर्ने कार्यविधिसहितको प्रतिवेदन पेस गर्नका लागि शिक्षा शाखा प्रमुखको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरिरहेको र सोही कार्यदलको प्रतिवेदनका आधारमा विद्यालय र्मज गर्न लागिएको नगरप्रमुख रामकृष्ण खाँणले बताए ।

    तिलोत्तमा नगरपालिकालाई शैक्षिक हवको रुपमा अघि बढाउनका लागि आफुहरु लागि परेको नगरप्रमुख खाँणले बताए ।  प्रमुख खाँणले उक्त प्रतिवेदनका आधारमा ६ वटा विद्यालय समायोजन गर्ने र ७ वटा विद्यालयको तह मिलान गर्न लागिएको बताए ।IMG_0347.jpeg

    १० प्रतिशत छात्रबृति अनिवार्य :

    साथै नगरप्रमुख खाँणले संस्थागत विद्यालयलाई १० प्रतिशत छात्रबृति अनिवार्य गरिरहेको र उक्त छात्रवृति प्रदान व्यवस्थित  निष्पक्ष रुपमा प्रदान गरिने बताए । संस्थागत विद्यालयमा कक्षा १ देखि १२ सम्म २३ हजार भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको बताउँदै २ हजार ३ सय विद्यालयले छात्रवृति पाउने नगर प्रमुख खाँणले बताए । छात्रवृतिको लागि आरक्षणको समेत व्यवस्था गरिरहेकाले जेहेन्दार, विपन्न दलितलाई विशेष प्राथमिकतामा राखिएको बताए ।

    tinapa.jpg

    प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालका अनुसार बोहिया आधारभूत विद्यालय, (तिलोत्तमा १६)  र कोटहिमाई मिसुजु आधारभूत विद्यालय (तिलोत्तमा १६) लाई कोटहिमाई मिसुजु आधारभूति विद्यालयमा समायोजन (मर्ज) गरिएको छ । यस्तै कोटियामाई आधारभूत विद्यालय (तिलोत्तमा १२) लाई सरस्वती आधारभूत विद्यालय (तिलोत्तमा १२), मेदिनी आधारभूत विद्यालय (तिलोत्तमा ६) लाई शान्ति नमुना माध्यमिक विद्यालय (तिलोत्तमा ५), नमुना आधारभूत विद्यालय (तिलोत्तमा १४) लाई टिकुलीगढ माध्यमिक विद्यालय (तिलोत्तमा १४) मा समायोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत भुसालले बताए । 

    यस्तै नवज्योति शंकरमान आधारभूत विद्यालय (तिलोत्तमा ११) लाई भुल्के माध्यमिक विद्यालय (तिलोत्तमा ११), र समेरी आधारभूत विद्यालय (तिलोत्तमा १३) लाई जनता माध्यमिक विद्यालय (तिलोत्तमा १३) मा समायोजन गरिएको उनले बताए । 

    यस्तै प्रमुख प्रशासकीय अधिकृत हिमलाल भुसालले विद्यार्थी संख्या कम भएता पनि विद्यालय संचालन गर्नका लागि लागत धेरै लागेकाले मर्ज गर्न लागिएको बताए । साथै उनले ठूला विद्यालयमा मर्म हुने विद्यालयका भवनहरु उक्त विद्यालयले ब्लक रुपमा संचालन गर्ने बताए । विद्यालय मर्ज तथा तह मिलान गर्दा २७ लाख आर्थिक बचत हुने समेत उनले बताए ।

    सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरी, आर्थिक विकास समितिका संयोजक गणेश पाठक, वातावरण तथा सुशासन समितिका संयोजक सुरेन्द्र श्रीले पनि गुणस्तरी शिक्षा प्रदान गर्नका लागि व्यापक सुधार आवश्यक रहेकाले विद्यालय मर्ज र तह समायोजन गरिरहेको बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology