बुटवल,माघ २९-
लायन्स क्लब अफ बुटवल सिद्धबाबाले तिलोत्तमा ३ मा रहेको सगरमाथा आधारभूत विद्यालयका विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामाग्री वितरण गरेको छ । क्लबले नर्सरीदेखि कक्षा ४ सम्मका विद्यार्थीको लागि शैक्षिक सामार्गी वितरण गरेको हो ।
८० हजार बराबरको शैक्षिक सामाग्री तथा पोषाक वितरण गरेको क्लबका अध्यक्ष ठाकुर प्रसाद आचार्यले जानकारी दिनुभयो ।
उक्त बिधालयका प्रधानाध्यापक सहित ३ जना शिक्षक शिक्षिकालाइ दोसल्ला ओडाइ सम्मान गरिएको नागरिक अनलाइनलाइ जानकारी दिनुभयो । लायन्स क्लब बुटवलका पुर्व अध्यक्ष तथा पूर्व गभर्नर महेन्द्र नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको हो ।
यस्तै कार्यक्रममा कल्बका पुर्व अध्यक्ष योगेश घिमिरे , सस्थापक अध्यक्ष रामप्रसाद बन्जाडे , पुर्व अध्यक्ष गणेश प्रसाद भट्टराई ,कोषाध्यक्ष नेत्र पाण्डेय, कार्यक्रम संयाेजक भूमि सापकाेटा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष , बिद्यालयका प्रधानाध्यापक लगायतको उपस्थिति रहेको क्लबका सचिब कृष्ण सुनारले जानकारी दिनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)