Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलमा रैथाने सीप,कला र उत्पादन प्रदर्शनीको तयारी,५५ स्टल रहने

बुटवलमा रैथाने सीप,कला र उत्पादन प्रदर्शनीको तयारी,५५ स्टल रहने

  • 393
    SHARES

  • बुटवलमा रैथाने सीप,कला र उत्पादन प्रदर्शनीको तयारी,५५ स्टल रहने

    बुटवल, वैशाख २ ।

    रूपन्देहीको बुटवलमा रैथाने सीप, कला र उत्पादन प्रदर्शनी–२०८३ हुने भएको छ। विश्व सम्पदा दिवसको अवसर पारेर “हाम्रो पुस्ताको ज्ञान,हाम्रो देशको शान-स्थानीय सीप र कलाको जगेर्ना हाम्रो अभियान” भन्ने नारासहित वैशाख ५ गते प्रदर्शनी गरिने आयोजकले पत्रकार सम्मेलन मार्फत जनाएको छ।

    रैथाने सीप, कला तथा उत्पादनको संरक्षण, प्रवर्धन र बजारीकरण गर्ने उद्देश्यले गरिने प्रदर्शनीमा ५५ वटा स्टल राखिने संयोजक रेवन्तबहादुर विकले जानकारी दिनुभयो। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, स्थानीय शिल्पकला तथा सम्पदा प्रतिष्ठान नेपाल र खस्यौली बजारको सहकार्यमा सञ्चालन हुने प्रदर्शनी रूपन्देहीको बुटवल उपमहानगरपालिका–६, ट्राफिक चोकनजिक पुरानो फिल्म हल परिसरमा आयोजना हुने छ।

    कार्यक्रममा स्थानीय सिपसम्बन्धी प्रत्यक्ष प्रदर्शन, हस्तकला तथा स्थानीय उत्पादनका करिब ५० वटा स्टल, मौलिक खाना परिकार, झाँकी तथा सांस्कृतिक प्रस्तुति रहने छन्। प्रदर्शनीमार्फत लोपोन्मुख सिपको संरक्षण, स्थानीय उत्पादनको बजार पहुँच विस्तार, सांस्कृतिक सम्पदाप्रति जनचेतना अभिवृद्धि तथा रोजगारी र आयआर्जनमा टेवा पुग्ने अपेक्षा गरिएको कार्यक्रम रैथाने शिल्पकला तथा सम्पदा प्रतिष्ठान नेपालका अध्यक्ष डा। मानबहादुर विश्वकर्माले बताउनुभयो ।

    विश्व सम्पदा दिवसको अवसर पारेर यस प्रकारको प्रदर्शनी नेपालमै नयाँ र पहिलो प्रयास भएको दाबी गर्नुभयो। उहाँले परम्परागत रैथाने उत्पादनले देशको अर्थतन्त्रमा योगदान पुर्‍याउने भएकाले यसको संरक्षण र बजार विस्तारमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो।

    त्यस्तै, खस्यौली बजारका निर्देशक समुन्द्र घिमिरेले स्थानीय उत्पादनको आफ्नै महत्त्व रहेको उल्लेख गर्दै मेलामा उत्पादकहरूलाई निःशुल्क स्टल उपलब्ध गराइने जानकारी दिनुभयो । उहाँले वैशाख ३ गतेसम्म स्टल दर्ता खुला रहेको र प्रदर्शनीले उत्पादक र उपभोक्ताबिच पुलको काम गर्ने विश्वास व्यक्त गर्नुभयो।

    सो अवसरमा इन्द्रेणी सांस्कृतिक कला केन्द्रका प्रमुख कृष्ण कडेंल, आदिवासी जनजातिका अरूणकुमार श्रेष्ठ, जनउत्थानका सूचना अधिकृत इन्द्र बराइली लगायतले बोल्दै यसप्रकारको प्रदर्शनीले मौलिकताको जगेर्ना गर्ने धारणा राख्नुभयो। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology