Logo बिहिवार, आश्विन १ गते २०८३
images

आजदेखि विसं २०८३ प्रारम्भ

आजदेखि विसं २०८३ प्रारम्भ

  • 882
    SHARES

  • आजदेखि विसं २०८३ प्रारम्भ

    काठमाडौँ, वैशाख १ ।

    आज (मङ्गलबार)देखि विसं २०८३ प्रारम्भ भएको छ। नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा लिने गरिन्छ। वर्षको पहिलो दिन आज देशभर एकआपसमा शुभकामना आदानप्रदान गर्दै हर्षोल्लासका साथ मनाइँदैछ।

    आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिमा प्रवेश गर्ने दिन भएकाले वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिनसमेत हो। सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत मानिन्छ।

    नयाँ वर्षको दिन हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता–असफलताको मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता हासिल गर्न नयाँ योजना निर्माण तथा सङ्कल्प गर्ने परम्परा रहेको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology