Logo मंगलवार, श्रावण १२ गते २०८३
images

दोस्रो सौभाग्य गोल्डकप फुटबलको उपाधि देवदह एफसीलाई 

दोस्रो सौभाग्य गोल्डकप फुटबलको उपाधि देवदह एफसीलाई 

  • 576
    SHARES

  • दोस्रो सौभाग्य गोल्डकप फुटबलको उपाधि देवदह एफसीलाई 

    बुटवल,चैत्र ३० ।

    बुटवलमा सम्पन्न शहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप फुटबल प्रतियोगिता २०८२ को उपाधि देवदह एफसीले चुमेको छ । सोमबार सम्पन्न फाईनलमा कपिलबस्तु-११ लाई ३-१ गोल अन्तरले पराजित गर्दै देवदहले उपाधि चुमेको हो ।

    उपाधिसँगै देवदह नगद ५ लाख ५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता कपिलवस्तुले नगद २ लाख ५१ हजारसहित ट्रफी, मेडलमा चित्त बुझायो ।

    फाईनल खेलमा देवदहका आशिष जिसी म्यान अफ दि म्याचबाट पुरस्कृत भए । सिद्धेश्वर खेलमैदानमा भएको खेलमा देवदहको जितमा सुरज चौधरी नायक रहे । उनले विजयी दुई गोल गरे । उनि प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद २५ हजार रुपैयाँ, कपबाट पुरस्कृत भए । देवदहका आशिष जिसीले थप एक गोल गरे । कपिलवस्तुका श्याम बियादीले सान्त्वना गोल गरे ।

    प्रतियोगितामा कपिलवस्तुका गणेश पुलामी मगर बेष्ट मिडफिल्डर, देवदहका बिशाल केसी बेष्ट किपर, उत्कृष्ट डिफेन्डर एनिसेट एडिया, देवदहका सुरज चौधरी हाईस्कोरर, देवदह ब्वाईजका बिजय गुरुङ वेष्ट कोच बन्दै नगद ११ हजार, कपबाट पुरस्कृत भए । एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पिया, क्लबका अध्यक्ष सुजु मल्ल, सचिव प्रकाश क्षेत्रीले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology