Logo बिहिवार, आश्विन १ गते २०८३
images

सांसदहरूलाई स्वकीय सचिव सुविधा दिन पूर्व सभामुखहरूले दिए सभामुखलाई सुझाव

सांसदहरूलाई स्वकीय सचिव सुविधा दिन पूर्व सभामुखहरूले दिए सभामुखलाई सुझाव

  • 543
    SHARES

  • सांसदहरूलाई स्वकीय सचिव सुविधा दिन पूर्व सभामुखहरूले दिए सभामुखलाई सुझाव

    काठमाडौँ,चैत्र ३० ।

    पूर्व सभामुखहरूले नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याललाई संघीय संसद सचिवालय बलियो बनाउन सुझाव दिएका छन्।पूर्व सभामुख देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग सभामुख अर्यालले आज सिंहदरबारमा भेटघाट गरेका थिए।

    भेटमा संसद सचिवालय र सभामुखको सचिवालय बलियो बनाउन सुझाव दिएको घिमिरेले बताए। 'सभामुखको सचिवालय बलियो बनाउनु उपयुक्त हुन्छ भनेर हामीले सुझाव दियौं', घिमिरेले भने, 'धेरै कुरा हुन पाएन। तुरून्त निर्णय गरेर सांसद र सभामुखहरूको स्वकीय सचिव र सचिवालय बलियो बनाउनुपर्छ।'

    सभामुख अर्यालका प्रमुख स्वकीय सचिव मुना कुँवरले पनि पूर्व सभामुखहरूले स्वकीय सचिवको सुविधा दिन सुझाव दिएको  जानकारी दिइन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology