काठमाडाैँ,चैत्र २८ ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रम संस्कृति पार्टीको सदस्यता शुल्क १०० रुपैयाँ निर्धारण गरिएको बताएका छन्।
ललितपुरमा आयोजित पार्टी भेलालाई सम्बोधन गर्दै उनले निःशुल्क सदस्यता दिँदा यसको महत्त्व घट्ने भएकाले शुल्क लिने निर्णय गरिएको स्पष्ट पारे। उनका अनुसार मूल्य र महत्त्वबीचको अन्तर बुझ्न आवश्यक रहेको र मानिसले केवल मूल्य होइन, महत्त्वको कदर गर्न सिक्नुपर्ने बताए।
उनले जीवनका उदाहरण प्रस्तुत गर्दै केही कुरा निःशुल्क भए पनि अत्यन्त महत्त्वपूर्ण हुने उल्लेख गरे। त्यसैगरी, व्यक्तिको क्षमता र अस्तित्वसँग जोडिएका विषयहरूको मूल्यभन्दा महत्त्व ठूलो हुने उनको भनाइ थियो।
साथै, देश निर्माणको अभियान आफ्नो मात्र नभई सबैको साझा प्रयास भएको उल्लेख गर्दै उनले सकारात्मक र रचनात्मक सहयोगका लागि सबैलाई आह्वान गरे। विशेषगरी उनले जेन–जी पुस्ताका युवाहरूलाई आफ्नो अभियानमा सहभागी हुन आग्रह गरे।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)