Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अर्थ मन्त्रालयले सुरु गर्‍यो ई–पेन्सन प्रमाणीकरण,अब घरबाटै पेन्सनको नवीकरण 

अर्थ मन्त्रालयले सुरु गर्‍यो ई–पेन्सन प्रमाणीकरण,अब घरबाटै पेन्सनको नवीकरण 

  • 486
    SHARES

  • अर्थ मन्त्रालयले सुरु गर्‍यो ई–पेन्सन प्रमाणीकरण,अब घरबाटै पेन्सनको नवीकरण 

    काठमाडौँ,चैत्र २८ ।

    अर्थ मन्त्रालयले सुरु गर्‍यो ई–पेन्सन प्रमाणीकरण, अब घरबाटै पेन्सनको नवीकरण अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  पेन्सन प्रमाणीकरण प्रणाली सुरुवात गरेका छन्। 

    शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबिच  उनले महालेखा नियन्त्रकको कार्यालयले तयार गरेको  सो प्रणालीको सुरुवात गरेका हुन्। यसले साढे तीन लाख पेन्सनकर्तालाई सहज हुने र सरकारले तिर्नुपर्ने बैँक कमिसन पनि शून्यमा झर्ने अपेक्षा गरिएको अर्थ मन्त्रालयले जनाएको छ । 

    यो प्रणाली सुरुवात गरेपछि निवृत्तभरकहरू भौतिक रूपमा उपस्थित हुन नपर्ने, घरैबाट सेवा प्राप्त गर्न सक्छन्। भुक्तानी गर्नुपर्ने बैँक कमिसनको भार वार्षिक करिब १५ करोड जोगिने अर्थ मन्त्रालयको विश्वास छ।

    त्यस्तै, नगद प्रवाह अनुमानयोग्य भई ढुकुटीमा हुने चाप व्यवस्थापन गर्न सकिने, पेन्सनको म्यानुअल गणनाका क्रममा हुने मानवीय त्रुटि कम हुनेछ।  

    यसअघि नयाँ निवृत्तभरक केवल बैँक छान्ने कार्यका लागि मात्र निवृत्तभरण व्यवस्थापन कार्यालयमा अनिवार्य उपस्थित हुनुपर्ने अवस्था थियो । त्यस्तै, निवृत्तभरक स्वयं बैँकमै उपस्थित भई हरेक वर्ष खाता नवीकरण गर्नुपर्ने थियो भने पेन्सन रकम र कर गणना गर्ने कार्य म्यानुअल्ली हुने गरेको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology