Logo बिहिवार, आश्विन १ गते २०८३
images

संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य

संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य

  • 369
    SHARES

  • संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य

    काठमाडौँ,चैत्र २६ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन्। नेपाल सरकार, मन्त्रिपरिषद्को गत चैत २४ गतेको सिफारिसमा राष्ट्रपति पौडेलले संवत् २०८२ साल चैत २७ गते शुक्रबार राति १२:०० बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन्।

    राष्ट्रपति कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम यो निर्णय भएको जानकारी दिएको छ। राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिअनुसार मन्त्रिपरिषद्को निर्णय र सिफारिसका आधारमा राष्ट्रपतिले यो कदम चालेका हुन्।

    यससँगै प्रतिनिधि सभा र राष्ट्रिय सभाको वर्तमान अधिवेशन औपचारिक रूपमा समापन हुने भएको छ। सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गरी बजेट अधिवेशनको तयारीका लागि यो सिफारिस गरेको हो । नेपालको संवैधानिक व्यवस्था अनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था रहेको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology