Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देहीका ५९ वटा परिक्षा केन्द्रमै एसईईका उत्तरपुस्तिका धमाधम परीक्षण

रुपन्देहीका ५९ वटा परिक्षा केन्द्रमै एसईईका उत्तरपुस्तिका धमाधम परीक्षण

  • 294
    SHARES

  • रुपन्देहीका ५९ वटा परिक्षा केन्द्रमै एसईईका उत्तरपुस्तिका धमाधम परीक्षण

    बुटवल,चैत २६ ।

    सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रणालीमा व्यापक सुधार ल्याएपछि क्रमश यसको प्रभावकारिता समेत बढेको पाइएको छ  ।

    अहिले चलिरहेको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा परीक्षा भएकै दिन उत्तरपुस्तिका धमाधम परीक्षण गरिएको छ । सरकारको नयाँ कार्यविधिअनुसार परीक्षा केन्द्रमै उत्तरपुस्तिका जाँच गरिने योजना  अनुरुप नै यसको काम धमाधम भैरहेको हो । 
    यस योजनालाई परीक्षा प्रणालीलाई आधुनिक, छिटो र प्रभावकारी बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको र रुपन्देहीका ५९ वटै केन्द्र्रमा लागु भएको शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका प्रमुख बिष्णुप्रसाद पन्थीले बताउनुभयो ।

    उत्तरपुस्तिकाको परिक्षण पछि सबै बिद्यार्थीले पाएको मार्क स्लिप हामीकहाँ आउछ, उत्तरपुस्तिका भने उसैदिन नजिकको प्रहरी कार्यालयमा ,शिलवन्दी गरेर जान्छ ।’उहाँले भन्नुभयो । 

    शिक्षकहरुको ब्यस्तता बढ्दो,शिक्षा विकास तथा समन्वय इकाइमा ‘मार्क स्लीप’बुझाउने चाप :


    परिक्षा केन्द्रहरुमा परिक्षा सकिए लगत्तै कापी जाँचका लागि शिक्षकहरुको ब्यस्तता बढेको देखिन्छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा न १२ मा रहेको नयाँगाउँ माध्यमिक बिद्यालयमा केन्द्राध्यक्ष, सुरक्षाकर्मी तथा सीसीटिभी निगरानीमा उत्तरपुस्तिका परीक्षण गरिएको छ ।
    यसले मूल्यांकन प्रक्रियालाई पारदर्शी बनाउनुका साथै छिटो र छरितो रुपमा नतिजा प्रकाशनमा मदत पुग्ने प्रधानाध्यापक पुरुषोत्तम भट्टराइले बताउनुभयो । ‘

    ‘परिक्षा सकिए लगत्तै सोही दिननै उत्तर पुस्तिका जाँचीरहेका छौँ’ :केन्द्राध्यक्ष

    हामीले परिक्षा सकिए लगत्तै सोही दिननै उत्तर पुस्तिका जाँचीरहेका छौँ ,बेलुका करिब ८ बजेसम्ममा सोही दिनको उत्तरपुस्तिका धमाधम परीक्षण सकिएको छ ,अर्काे दिनभरमा प्राप्ताङ्कसहित कपीहरू सिलबन्दी गरेर शिक्षा विकास तथा समन्वय इकाई भैरहवामा पठाएका छौँ ।’ उहाँले भन्नुभयो –‘सरकारले ल्याएको नीति र कार्यविधि शुरुमा त सकिदैन की जस्तो लागेको थियो,तर हामीले अहिले दैनिक रुपमा लागुगरेपछि सकिदो रहेछ भन्ने पुष्टी भयो ।’ परीक्षा सम्पन्न भएको दिनदेखि नै नतिजा प्रक्रियालाई तीव्र बनाउने र एकमहिना भित्रै एसईई नतिजा सार्वजनिक गर्ने सरकारको लक्ष्यलाई परिक्षा केन्द्रका शिक्षकहरुले सहयोग गरिरहेका छन् ।

    १४ वटा बिद्यालयहरु समेटेर नयाँगाउँ माविमा परिक्षा केन्द्र तोकिएको छ  । प्रधानाध्यापक भटट्राइका अनुसार यहाँ ६ वटा प्राविधिक धारका  र ८ वटा साधारणतर्फका बिद्यालयहरुका बिद्यार्थी गरि ४१९ बिद्यार्थीले परिक्षा दिइरहेका छन् ।
    उत्तर पुस्तिका परीक्षण गरिरहेका शिक्षकहरुले परिक्षा सकिए लगत्तै बिद्यालयमै खाना खाएर कापी परिक्षण गरिरहेको बताउछन् । एकदुइ दिन असहज र प्रेसर भयो अहिले त दैनिक बानी परेको उहाहरुको भनाइ छ ।

    रुपन्देही जिल्लामा ३४५ बिद्यालयका २१ हजार ५ सय ४५बिद्यार्थी एसईईमा सहभागि छन् । यहाँ १७६ सामुदायिक र १६९ संस्थागत बिद्यालय छन् । यसमा प्राविधिक तर्फ १२ बिद्यालयका ५१५बिद्यार्थीले परिक्षा दिइरहेको पन्थीले जानकारी दिनुभयो ।

    att.LB2kSsZYPsuxdSNKzLLzmOt5UJZZgvOsrct0FU_BHIg.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कपिल ज्ञवाली

    डेढ दशकदेखि बुटवलमा रहेर पत्रकारितामा सक्रिय ज्ञवाली नागरिक अनलाइन डटकमका संस्थापक र चिफ एडिटर हुन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology