Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बदलिएको क्यानन : युवा नेतृत्वले शैक्षिक गुणस्तरसंगै समाजमा पारेको फरक छाप !

बदलिएको क्यानन : युवा नेतृत्वले शैक्षिक गुणस्तरसंगै समाजमा पारेको फरक छाप !

  • 6.5K
    SHARES

  • बदलिएको क्यानन : युवा नेतृत्वले शैक्षिक गुणस्तरसंगै समाजमा पारेको फरक छाप !

    बुटवल,चैत २५ ।

    विद्यार्थीको सिकाईलाई व्यवहारिक र बदलिएको समयअनुसार बनाउन क्यानन माविले पछिल्ला २ बर्षमा रचनात्मक र उदाहरणीय काम गरेको छ ।

    पछिल्लो समय सूचना प्रविधिमा आएको परिवर्तनलाई आत्मसाथ गर्ने शिक्षादेखि विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने खालका बुटवल क्षेत्रमै नमूना खालका कार्यक्रमहरु क्याननले सञ्चालन गरेको हो ।deuba-dampati_g7ZqDbljwF.jpg

    विद्यालयका प्रधानाध्यापकका रुपमा शंकर भण्डारीले नेतृत्व समालेपछि विद्यार्थीको सिकाईलाई व्यवहारिक र समय अनुसार बनाउन विभिन्न कार्यक्रमहरु सुरु भएका हुन् । प्राचार्य भण्डारीका अनुसार कक्षा ३ देखि ७ सम्म एनसिसिद्वारा प्रमाणित डिजि कम्प्युटर कक्षा सञ्चालन गरिएको छ भने कक्षा ११ र १२ मा साईबर सेक्युरिटी सम्बन्धी नियमित डिजि कम्युटर कक्षा संचालन भइरहेको छ ।

    युग अनुसारको विद्यार्थी सिकाईका लागि कक्षा ३ देखि ७ सम्मका बिद्यार्थी लक्षित प्रदेश स्तरिय कोडिङ तथा एनिमेशन प्रतियोगिता समेत सञ्चालन गरिएको प्राचार्य भण्डारीले नागरक अनलाइनलाई बताए । 

    भण्डारीले आफूले काठमाडौंका विभिन्न शिक्षालयमा अध्यापन गराएको अनुभवका आधारमा विद्यार्थीलाई पुस्तकमा मात्रै केन्द्रीत नगराई बाह्य सिकाईमा केन्द्रीत गरेको बताए ।att.G12Gsiw30zyfkO9zVic-CvJwQmNbC-IB21lsedd1ysY.jpeg

    प्राचार्य भण्डारीले क्याननमा विभिन्न विद्यालयहरुको सहभागितामा प्रतियोगिताहरु सञ्चालन गरेर जिल्लामै नमूना कार्यक्रमहरु गरेको बताउँछन्  । उनले विद्यार्थीहरुसँग अतिरिक्त शुल्क नलिइकन विद्यालय कोर्सका अतिरिक्तका क्रियाकलपा र सिकाई गराएको बताए । ‘विद्यालय तहमै विद्यार्थीले मल्टीपल नलेज पाउनुपर्छ, त्यसैका लागि विभिन्न प्रतियोगिता र कक्षाहरु सञ्चालन गरेका हौं’ प्राचार्य भण्डारीले भने । 

    क्याननले गरेको जिल्ला स्तरिय गणित हाजिरीजवाफ प्रतियोगिता, जिल्ला स्तरिय आईटी हाजिरी जवाफ प्रतियोगिता र अंग्रेजी भाषाको जिल्ला स्तरीय वादविवाद प्रतियोगिता यस क्षेत्रकै लागि नयाँ हुन् । बुटवलमा पहिलोपटक बिद्यालयमा ब्राण्ड एम्बेसेडरका रुपमा क्रिक्रेटर देव खनाललाई राखेको थियो । deuba-dampati_g7ZqDbljwF.jpg

    यस्तै ब्राण्डका रुपमा लाखौं पुरस्कार राशीको जिल्लास्तरीय ‘क्यानन सेभेन ए साईड’ फुटबल प्रतियोगिता सञ्चालन सुरु गरेको छ । बुटवलमै पहिलो पटक ३ दिने “डिजाईन थिङकिङ“ कार्यशाला समेत क्याननले सञ्चालन गरेको छ । यस्तै बुटवलमै पहिलो पटक भाषा कक्षा सञ्चालन गर्ने पहिलो विद्यालयका रुपमा क्याननले परिचय बनाएको छ । क्याननले चिनियाँ भाषालाई ऐच्छिक बिषयका रुपमा पढाउने गरेको छ ।  

    सुरक्षित बाटो अभियान, असल अभिभावकत्वबारे नियमित प्रशिक्षण, हरेक नतिजा प्रकाशनको दिन पुस्तक प्रदर्शनी,  प्रत्येक महिना “गेष्ट अफ दी मन्थ“ को रूपमा विभिन्न क्षेत्रमा सफल व्यत्तित्वहरूसंग साक्षात्कार कार्यक्रम,  “करियर आवर“ कार्यक्रम अन्तर्गत बिद्यार्थीलाई नियमित पथप्रदर्शन, शिक्षणमा प्रविधिमैत्री कम्युनिकेटीभ विधिको प्रयोग, विज्ञान प्रदर्शनी, खाना महोत्सव नियमित भए । यसका साथै पढौ,पढाऔ कार्यक्रम, सिर्जनशील अभिभावक भेला, शिक्षक तथा कर्मचारी तालिम र अभिमुखिकरण, क्यानन स्काउटको स्थापना, क्यानन क्लब गठन, क्यानन भू.पु बिद्यार्थी भेटघाट तथा समिति गठन, क्रिकेट,फुटवल,कबड्डी र भलिवल प्रशिक्षकको व्यवस्था तथा  तत्तका खेल सम्बन्धित बिद्यार्थी छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको विद्यालयले जनाएको छ । deuba-dampati_g7ZqDbljwF.jpg

    क्याननले सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाई तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम समेत गर्दै आएको छ । पछिल्ला दिनमा क्याननको क्रियाकलापले अभिभावकहरुमा समेत उर्जा थपिएको अभिभावक रमेश पाण्डेले बताए ।

    यस्तै अर्का अभिभावक भगवती अर्यालले विद्यालयमा हुने अतिरिक्त क्रियाकलापले आफ्ना बच्चाहरु समेत उत्साही भएको बताईन । त्यसो त पछिल्ला दिनमा क्याननमा भएका गतिविधिले विद्यार्थीहरु विभिन्न प्रतियोगितामा भाग लिनेक्रम बढेको थियो  । कक्षा ७ का छात्र आयदिन गौतमले विद्यालयमा हुने प्रतियोगिता र डिजि कक्षाले धेरै सिक्न पाएको बताए ।deuba-dampati_g7ZqDbljwF.jpg

    यस्तै कक्षा ६ का छात्र अभिषेक अधिकारीले समेत फरक फरक खालका कार्यक्रम हुँदा त्यसले किताबसँगै बाहिरी नलेज समेत थाहा पाएको बताए ।

    त्यसो त २०८१ सालको कक्षा १२ को परीक्षामा विज्ञानतर्फ क्याननका राजेश पौडेलले ३.९६ जिपिए अंक ल्याएर नेपाल प्रथम भएका थिए । क्यानन माविमा हाल प्ले ग्रुपदेखि कक्षा १२ सम्म हजार बढी विद्यार्थी अध्ययनरत छन् ।att.G12Gsiw30zyfkO9zVic-CvJwQmNbC-IB21lsedd1ysY.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology