Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अबदेखि प्रत्येक वर्ष भर्ना र वार्षिक शुल्क भन्दै विद्यार्थीबाट शुल्क असुल्ने काम बन्द !

अबदेखि प्रत्येक वर्ष भर्ना र वार्षिक शुल्क भन्दै विद्यार्थीबाट शुल्क असुल्ने काम बन्द !

  • 603
    SHARES

  • अबदेखि प्रत्येक वर्ष भर्ना र  वार्षिक शुल्क भन्दै विद्यार्थीबाट शुल्क असुल्ने काम बन्द !

    काठमाडौँ,चैत २५ ।

    एउटा विद्यालयमा एक पटक भर्ना भएपछि पटक–पटक भर्ना शुल्क असुल गर्न नपाइने भएको छ । निजी विद्यालयहरुले प्रत्येक वर्ष भर्ना तथा वार्षिक शुल्क भन्दै विद्यार्थीबाट शुल्क लिदै आएका छन् ।

    त्यस्तो अवस्थाबारे अनुगमन गरी आवश्यक परे कारवाही गर्नका पत्राचार गरिदिन शिक्षा मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको छ ।

    शिक्षा मन्त्रालयले केहि विद्यालयहरुले शैक्षिक सत्र शुरु नहुदै विद्यार्थी भर्ना गरेको र विद्यार्थी भर्ना बापत अग्रिम शुल्क असुल गरेको भनि विभिन्न माध्यमबाट आएका सूचना एंवं गुनासोहरु प्रति मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।IMG_9610.jpeg

    मन्त्रालयले विद्यार्थीहरुबाट अग्रिम शुल्क असुल गरिएको साथै स्वीकृत भएको भन्दा बढि शुल्क लिइएको, तोकिएको शीर्षकमा भन्दा फरक शीर्षकमा शुल्क लिइएको, एउटै विद्यालयमा एक पटक भर्ना भए पश्चात पनि पटक पटक भर्ना शुल्क लिइएको आदि जस्ता गुनासो आएको जनाएको छ ।

    शिक्षा नियमावली २०५९ को परिच्छेद १५ मा कसैले पनि शैक्षिक सत्र शुरु नभई विद्यार्थी भर्ना गर्न गराउन हुदैन भन्ने व्यवस्था छ ।

    सर्वोच्च अदालतबाट फैसला भए बमोजिम शैक्षिक सत्र शुरु नहुदै भर्ना नगर्ने, नियमविपरीत शुल्क नलिने, कानुनी प्रावधान भन्दा बाहेक हुने गरी अग्रिम शुल्क लिएको भए तत्काल फिर्ता गराउन साथै सो अनुसार भए नभएको अनुगमन गरी नभएको भए सम्बन्धित विद्यालयलाई आवश्यक कार्वाही गर्ने व्यवस्थाका लागि सम्पुर्ण स्थानीय तहहरुलाई पत्राचार गरिदिन अनुरोध गर्दै शिक्षा मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको हो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology