Logo मंगलवार, श्रावण १२ गते २०८३
images

होटल पौवाको दशौं वार्षिकोत्सवमा ३ दिन ‘स्वाद उत्सव’

होटल पौवाको दशौं वार्षिकोत्सवमा ३ दिन ‘स्वाद उत्सव’

  • 1.1K
    SHARES

  • होटल पौवाको दशौं वार्षिकोत्सवमा ३ दिन ‘स्वाद उत्सव’

    बुटवल,चैत २४ ।

    होटल पौवाले स्थापनाको दशौं वार्षिकोत्सवको अवसरमा देशभरका शाखामा ‘स्वाद उत्सव’ मनाउने भएको छ । बिहीबारदेखि तीन दिनसम्म पौवाले विभिन्न जिल्लाका २० शाखामा नेपाली रैथाने स्वाद र विशेष अतिथि सत्कारसहित उत्सव मनाउन लागेको हो ।

    चैत २६, २७ र २८ गते बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म थरीथरी रैथाने नेपाली परिकार खुवाइने होटल पौवा बुटवल शाखाका महाप्रबन्धक प्रकाश पाठकले बताए । स्वदेशी लगानी, सामूहिक स्वामित्व र नेपाली आतिथ्य संस्कृतिलाई आधार बनाएर रूपन्देहीको सालझण्डीबाट दश वर्ष अघि सेवाको शुभारम्भ गरेको पौवा अहिले ‘चेन’ होटलको रूपमा स्थापित छ । 

    वार्षिकोत्सवकै अवसरमा कम्पनीले आफ्ना लगानीकर्ता तथा सहयात्रीहरूसँग भावी रणनीति र विस्तार योजनाबारे छलफल गर्ने उद्देश्यले ‘बितायौं बालापन’ अवधारणामा चैत २८ गते भैरहवा शाखामा लगानी सम्मेलनसमेत आयोजना गर्नेछ ।

    होटल पौवाका ब्रान्डिङ विभाग प्रमुख विष्णुप्रसाद भण्डारीले उत्सवमा होटल पौवाका सबै शाखाहरूमा विशेष अतिथि सत्कारसहित नेपाली रैथाने स्वाद लिएर ग्राहकहरूलाई छुट्टै अनुभव र आनन्द प्रदान गर्ने बताए । 

    ‘मिसन १००’ संख्यात्मक लक्ष्य मात्र नभएर व्यवस्थापन क्षमता, ब्रान्ड विश्वसनीयता र संस्थागत परिपक्वताको परीक्षण भएको भण्डारीले नागरिक अनलाइनलाई बताए ।

    होटल पौवा सञ्जालमा हाल झण्डै १००० भन्दा बढी कर्मचारी कार्यरत छन् भने २५० भन्दा बढी लगानीकर्ताको सहभागिता रहेको होटल पौवा बुटवल शाखाका उपप्रमुख प्रकाश घिमिरेले बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology