Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा मन्त्रीको मर्यादाक्रम हेरफेर

प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा मन्त्रीको मर्यादाक्रम हेरफेर

  • 447
    SHARES

  • प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा मन्त्रीको मर्यादाक्रम हेरफेर

    काठमाडौँ, चैत २४  ।

    राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर गर्नुभएको छ ।

    नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा यही चैत १३ गते गठित मन्त्रिपरिषद्‌मा मर्यादाक्रममा हेरफेर गरिएको हो ।

    मन्त्रीहरूको कार्यविभाजन यथावत रहे पनि मर्यादाक्रममा हेरफेर गरिएको जनाइएको छ । हेरफेर भएको मर्यादाक्रम अनुसार प्रधानमन्त्री शाहपछि वरिष्ठताका आधारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले रहनुभएको छ । 

    त्यसैगरी परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठपछि गृहमन्त्री सुधन गुरुङको मर्यादाक्रम रहेको छ । सुरुको मर्यादाक्रममा गृहमन्त्री गुरुङ तेस्रो वरियतामा हुनुहुन्थ्यो । हाल १५ सदस्यीय मन्त्रिपरिषद्‌मा १५ औँ नम्बरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह रहनुभएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology