Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलको सिद्धार्थ गौतम बुद्ध क्याम्पस ३४ औं वर्षमा,मनायो वार्षिकोत्सव

बुटवलको सिद्धार्थ गौतम बुद्ध क्याम्पस ३४ औं वर्षमा,मनायो वार्षिकोत्सव

  • 4.1K
    SHARES

  • बुटवलको सिद्धार्थ गौतम बुद्ध क्याम्पस ३४ औं वर्षमा,मनायो वार्षिकोत्सव


    बुटवल, चैत २३। सिद्धार्थ गौतम बुद्ध क्याम्पसको ३४ औं वार्षिकोत्सव विविध कार्यक्रम गरि मनाईएको छ ।

    क्याम्पसको सप्ताहब्यापी कार्यक्रम अन्तर्गत भएका खेलकुद प्रतियोगिताका विजेता, उत्कृष्ट विद्यार्थी, शिक्षक सम्मान तथा शुभकामना आदानप्रदान गरि सोमबार वार्षिकोत्सव सम्पन्न भएको हो । 
    कार्यक्रमको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दै तत्कालिन समयमा क्याम्पसको महसुस गरि शैक्षिक ब्यक्तित्वहरुको अगुवाईमा खोलिएको स्मरण गरे ।

    जग्गाप्राप्तिदेखि भवन स्थापनासम्मको ईतिहास सुनाउदै समुदायस्तरमा संचालन भएको कलेज भएको बताए ।

    शिक्षासंग संस्कार, खेलकुद, भौगोलिक पहिचान, ब्यहारिक शिक्षाको विषय उठान भैरहेको बेला यसप्रकारको लगानी स्थानिय सरकारबाट भएको उनले बताए ।

    देशभरिमै सबैभन्दा धेरै २७ प्रतिशत बजेट बिनियोजन भएको उनले दाबि गरे ।

    कक्षा १२ सम्म विधालयको जिम्मेवारी स्थानिय पालिकामा भएअनुसार नै लगानी र विकास गरिरहेको उनले बताए । बजेटकै कारण शैक्षिक संस्थालाई समस्या नपर्ने उनले दाबी गरे ।कार्यक्रममा क्याम्पस प्रमुख गोपाल चापागाईले समुदायको सहकार्यमा गुणस्तरीय शिक्षालाई जोड दिएर सामुदायिक क्याम्पसमध्ये उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए ।

    उनले क्यामपसलाइ नमुना बनाउनका लागि आवश्यक प्रकृयाहरू पुरा गरिएको समेत जानकारी दिए ।

    यसैबिच वार्षिकोत्सवको अवसरमा अवकास प्राप्त प्राध्यापक रमेशचन्द्र पाण्डे र कर्मचारी सत्यनारायण चौधरीलाई दोसल्ला र कदरपत्रबाट सम्मान गरिएको थियो ।IMG_9481.jpeg

    कार्यक्रममा क्याम्पसको वार्षिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विधार्थीहरुलाई समेत सम्मानपत्रबाट सम्मान गरिएको थियो। यसैगरि विधार्थीहरुले सास्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए ।  

    कार्यक्रममा वडा नं ५ का वडा अध्यक्ष हरिप्रसाद श्रेष्ठले शिक्षासंगै खेलकुद गतिविधिमा क्याम्पसको अग्रसरता उदाहरणीय रहेको भन्दै क्याम्पसको श्रीवृद्धिका लागि सधै अग्रसर रहने बताए ।

    कार्यक्रममा क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष निर्मल लाकौल, सहायक क्याम्पसद्वय प्रमुख कृष्ण प्रसाद खनाल र  रामनाथ उपाध्याय त्यस्तैगरि पब्लिक प्राध्यापक संघका श्रीवास्तव नेपालले समयको माग अनुसार नै शिक्षा दिन क्याम्पस सफल रहेको धारणा राखे । IMG_9480.jpeg
    क्याम्पसमा यो वर्ष ७३५ जना नया भर्ना भएका छन भने कुल १ हजार ९३५ जना विद्यार्थी अध्ययरत रहेका छन् ।बुटवल ५ हाटबजारमा रहेको सो क्याम्पसमा ब्यवस्थापन, शिक्षा विषयमा कक्षा ११,१२ देखि ब्याचलर र मास्टरसम्म अध्ययापन हुदै आएको छ । IMG_9490.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology