२३ चैत, काठमाडौं ।
सभामुख डोल प्रसाद अर्यालले संसद्मा आफ्नो भूमिका निष्पक्ष रहने बताएका छन् । सभामुखमा निर्वाचित भएपछि अर्यालले सोमबार पहिलो पटक सभा सञ्चालन गरे । सभालाई कार्यसूचीमा प्रवेश गराउनु अगाडि उनले यस्तो बताएका हुन् ।
‘सबैको समन्वयमा संसद्को गरिमा बढ्नेमा दुविधा छैन’ उनले भनेका छन्, ‘मेरो निष्पक्ष भूमिका रहनेछ ।’पूराना ऐन बदलेर संशोधन गर्ने र नयाँ बनाउने सन्दर्भमा सदन काम गर्न तत्पर हुने उनले विश्वास व्यक्त गरे ।
सभामुखको रुपमा तटस्थ, निश्पक्ष र समन्वयकारी हुने पनि उनले बताए । सभामुखको पदलाई उच्च बनाउन भूमिका खेल्ने पनि उनले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)