Logo बिहिवार, आश्विन १ गते २०८३
images

युवा ब्यबसायी गणेश घिमिरेले गरे ट्रक समितिको बरिष्ठ उपाध्यक्षमा उम्मेदबारी दर्ता

युवा ब्यबसायी गणेश घिमिरेले गरे ट्रक समितिको बरिष्ठ उपाध्यक्षमा उम्मेदबारी दर्ता

  • 618
    SHARES

  • युवा ब्यबसायी गणेश घिमिरेले गरे ट्रक समितिको बरिष्ठ उपाध्यक्षमा उम्मेदबारी दर्ता

    बुटवल,चैत २० ।

    पश्चिमाञ्चल यातायात ब्यवसायी समितिको १४ औँ अधिवेशनमा युवा ब्यबसायी गणेश घिमिरेले बरिष्ठ उपाध्यक्षमा उम्मेदबारी दर्ता गरेका छन्  ।

    समितिको  चैत २०-२१ गते २५ औँ साधारणसभा तथा १४ औँ अधिवेशन हुदैँछ ।   उनले यामबहादुर जीसीको प्यानलबाट बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएको नागरिक अनलाइनलाइ बताए । att.sFY1cNkNKPSgdNQ-F_omB33t5exSQxQYMVegQhumOek.jpeg

    ‘आम ब्यवसायीका साथै म युवा ब्यबसायीको पनि प्रतिनिधि हुँ,मेरा-हाम्रा योजनाहरु सार्थक बनाउनका लागि सबैको भोटको अपक्षा गरेको छु ।’उनले भने ।

    ब्यबसायीको हितमा काम गर्ने एजेण्डा आफ्नो प्यानलमा रहेको उनले सुनाए ।  मालबहाक क्षमता अनुसार सवारी संचालन गर्ने ,ओभरलोड बाेकेका भारतिय गाडीलाइ पार्किङमा राखेर लाेड चेक गरेर मात्रै पठाउने, ओभरलोड कन्ट्रोल गर्ने लगायतका एजेण्डा रहेको उनले बताए । २०४२ सालमा जन्मिएका उनको परिवार पनि साे बेलादेखि नै यही ब्यबसायमा रहेको छ ।

    उनले सम्पुर्ण ब्यवसायीलाइ आफ्नो अमुल्यमत दिई यामबहादुरको प्यानललाइ नै विजयी गराइदिनु समेत अनुरोध गरेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, चैत्र २० २०८२११:१५:१२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology