Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राज्यविरुद्धको कसुरमा नेतृ रामकुमारी झाँक्री पक्राउ,भन्छिन्-‘यो अन्तिम लडाईं हो’

राज्यविरुद्धको कसुरमा नेतृ रामकुमारी झाँक्री पक्राउ,भन्छिन्-‘यो अन्तिम लडाईं हो’

  • 3.5K
    SHARES

  • राज्यविरुद्धको कसुरमा नेतृ रामकुमारी झाँक्री पक्राउ,भन्छिन्-‘यो अन्तिम लडाईं हो’

    बुटवल,माघ २९- 

    नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै महानगरीय अपराध महाशाखाले सोधपुछका लागि बोलाएको थियो ।

    तर झाँक्रीले पक्राउ पूर्जी ल्याउन भनेपछि महाशाखाले  अन्तरगत दफा ५८ को कसुरमा अनुसन्धानका लागि तत्काल पक्राउ गर्नु परेको भन्दै पूर्जी थमाएको हो ।

    मुलुकी अपराध संहिताको दफा ५८ मा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने व्यवस्था छ ।

    यसको दफा १ मा लेखिएको छ ‘कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानुन बमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा वञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्यसम्पादन गर्न वाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाब दिन हुदैन ।’

    यस्तो कसूर प्रमाणित भएमा कसूरदारलाई ७ वर्ष कैद वा ७० हजार रुपैयाँ जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ ।

    साथीहरूले धैर्य गर्नुहोला,यो अन्तिम लडाईं हो : झाँक्री

    नेतृ रामकुमारी झाँक्रीले गिरफ्तार भएलगत्तै धैर्य गर्न आग्रह गरेकी छन् । प्रहरीले राज्यविरुद्धको अपराधमा अनुसन्धान गर्न भन्दै पक्राउ गरेलगत्तै उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएकी हुन् ।

    ‘‍‍‍‘अपराध अनुसन्धान मीनभवनमा छु’ झाँक्रीले सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छन्, ‘सबै । आफ्नो ठाउँमा डटौं ।’

    उनलाई प्रहरीले मुलुकी अपराध संहिता २०७२ को दफा ५८ सम्बन्धी विषयमा अनुसन्धानका लागि पक्राउ गरेको बताएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा दिएको अभिव्यक्तिलाई लिएर बिहीबार प्रहरीले झाँक्रीलाई बानेश्वरस्थित निवासबाट पक्राउ गरेको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology