Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गृहमन्त्री सुधन गुरुङद्वारा प्रतिनिधि सभा बैठकमा तीन वटा अध्यादेश पेश

गृहमन्त्री सुधन गुरुङद्वारा प्रतिनिधि सभा बैठकमा तीन वटा अध्यादेश पेश

  • 636
    SHARES

  • गृहमन्त्री सुधन गुरुङद्वारा प्रतिनिधि सभा बैठकमा तीन वटा अध्यादेश पेश

    काठमाडौँ, चैत १९ ।

    गृहमन्त्री सुधन गुरुङले प्रतिनिधि सभाको बैठकमा तीन वटा अध्यादेश पेश गर्नुभएको छ ।

    फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनपछि बिहीवार बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा गृहमन्त्री गुरुङले  मतदाता नामावली, प्रतिनिधिसभा सदस्य र नेपाल विशेष सेवा सम्बन्धी अध्यादेश पेश गर्नुभएको हो । 

    गृहमन्त्री गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ पेश गर्नुभएको हो । 

    यसअघि सदनको पहिलो बैठकमा दलका शीर्ष नेताले सम्बोधन गरिसक्नुभएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology