Logo बिहिवार, आश्विन १ गते २०८३
images

सरकारले पठायो ४ वटा उपमहानगरमा प्रमुख प्रशासकीय अधिकृत,बुटवलमा दीपक ज्ञवाली

सरकारले पठायो ४ वटा उपमहानगरमा प्रमुख प्रशासकीय अधिकृत,बुटवलमा दीपक ज्ञवाली

  • 1.6K
    SHARES

  • सरकारले पठायो ४ वटा उपमहानगरमा प्रमुख प्रशासकीय अधिकृत,बुटवलमा दीपक ज्ञवाली

    बुटवल,चैत्र १८।

    सरकारले प्रमुख प्रशासकीय अधिकृत विहीन रहेका ४ वटा उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाएको छ। बुटवल उपमहानगरसहित तुलसीपुर उपमहानगरपालिका, जनकपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाएकाे हाे ।

    चैत १६ गतेको मन्त्रिपरिषद्को बैठकले यी ४ वटा उपमहानगरपालिका सहित प्रधानमन्त्री कार्यालय र सहरी विकास मन्त्रालयका लागि ६ जना सहसचिवको सरुवा तथा काजमा खटाउने निर्णय गरेको हो । 

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रदीप परियारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरुवा गरेको छ । उनलाई प्रधानमन्त्री बालेन्द्र शाहको निजी सचिवकारुपमा काजमा खटाइएको जनाइएको छ । यस्तै सह-सचिव नवराज शर्माको सहरी विकास मन्त्रालयमा सरुवा गरेको छ । 

    यस्तै बुटवल उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा दीपक ज्ञवालीलाई पठाएको छ भने धनुषाको जनकपुर उपमहानगरपालिका प्रमुखमा ज्ञान हरि घिमिरेलाई पठाएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

    यस्तै सामान्यमै अतिरिक्त समूहमा रहेका टेक नारायण पौडेललाई तुलसीपुर उपमहानगरपालिका दाङको प्रमुख प्रशासकीय अधिकृतमा काजमा पठाएको छ भने दाङकै घोराही उपमहानगरपालिकामा चन्द्र प्रसाद भुसाललाई प्रमुखका रूपमा पठाएकाे छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology