Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी वाणिज्य क्याम्पसमा प्रदेशका ३० जना प्राध्यापकलाई पेशागत विकास तालिम

लुम्बिनी वाणिज्य क्याम्पसमा प्रदेशका ३० जना प्राध्यापकलाई पेशागत विकास तालिम

  • 669
    SHARES

  • लुम्बिनी वाणिज्य क्याम्पसमा प्रदेशका ३० जना प्राध्यापकलाई पेशागत विकास तालिम

    बुटवल,चैत्र १७ ।

    बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा प्राध्यापकहरुको पेशागत विकास तालिम सुरु भएको छ ।

    विश्वविद्यालय अनुदान आयोग, नेपालको सहयोगमा मंगलबारबाट एक हप्ते प्राध्यापकहरुको पेशागत विकास तालिम सुरु भएको हो । लुम्बिनी प्रदेशका १६ ओटा क्याम्पसबाट ३० जना प्राध्यापकहरुको सहभागीता रहेको उक्त तालिमको उद्घाटन सत्र लुम्बिनी वाणिज्य क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षता र उपप्राध्यापक मुकुन्द ज्ञवालीको सञ्चालनमा भएको हो ।
     
    उद्घाटन सत्रमा बोल्दै लुम्बिनी वाणिज्य क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्यायले प्राध्यापकहरुको वृत्ति विकास संगै नविनतम खोज अनुसन्धानमुलक कार्यमा सहयोग पु¥याउने उद्देश्यका साथ विश्वविद्यालय अनुदान आयोगको सहयोगमा यस प्रकारका तालिमहरु निरन्तर आयोजना गर्दै आएको बताउनुभयो ।IMG_8825.jpeg

    विश्वविद्यालय अनुदान आयोग, नेपालले लुम्बिनी वाणिज्य क्याम्पसलाई प्रदान गर्ने जस्तोसुकै जिम्मेवारीहरु पनि सहर्ष स्वीकार गर्ने बताउदै प्राध्यापकहरुको वृत्ति विकासका लागि आयोजना गरिएको तालिमले स्वयं प्राध्यापक, विद्यार्थी, विश्वविद्यालय र समाज सबैलाई फाइदा पुग्ने आशा व्यक्त गर्नुभयो ।

    मोफसलमा आवश्यक पर्ने स्रोत व्यक्तिहरु यस तालिमबाट तयार हुने विश्वास व्यक्त गर्दै उहाँले सहभागीहरुले तालिमबाट प्राप्त ज्ञान, सिपलाई आआफ्नो क्याम्पस, विद्यार्थी र समुदायसम्म पु¥याउने र प्रयोगमा ल्याउने अपेक्षा राख्नुभयो ।

    शिक्षण पेशालाई प्रभावकारी बनाउन समय सापेक्ष प्रविधिमैत्रि बन्दै जानुपर्ने बताउनुभयो । तालिमका सहभागीहरुले अत्यधिक लाभ लिई शिक्षण कार्यमा थप सहज हुने अपेक्षा राख्नुभयो ।IMG_8832.jpeg
     
    तालिममा लुम्बिनी वाणिज्य क्याम्पसका स्याट कोओर्डिनेटर उपप्राध्यापक पुनाराम घिमिरेले तालिम आयोजना गर्नुको औचित्यतामाथि प्रष्ट पार्दै चैत्र १७ गते देखि २२ गते सम्म सञ्चालन हुने आवासीय तालिममा कुल २२ ओटा प्राविधिक शत्रहरुमा १४ जना विज्ञहरुले सहजीकरण गर्ने साथै सहभागीहरुलाई तालिम अवधिभर पालना गर्नुपर्ने नियमहरु समेत जानकारी गराउनुभयो ।IMG_8828.jpeg
     
    उद्घाटन सत्रको समापन गर्दै लुम्बिनी वाणिज्य क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठले प्राध्यापकहरुको पेशागत वृत्ति विकासका लागि आयोजना गरिएको यस प्रकारको तालिमलाई सहयोग गरेकोमा विश्वविद्यालय अनुदान आयोग, नेपाललाई धन्यवाद ज्ञापन गर्दै उपस्थिति सम्पूर्णमा आभार व्यक्त गर्नुभयो ।IMG_8824.jpeg

    साथै एम.वि.ए.–वि.एफ कार्यक्रममा अध्ययनरत विद्यार्थीहरु आरजु मरासिनी र प्रशन्न न्यौपानेको क्यु टु जर्नलमा उत्कृष्ट आर्टिकल छनोट भएकोले प्रमाणपत्र सहित श्रेष्ठले सम्मान गर्नुभयो ।
     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology