Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलकोमा ईभि हाइस र ईरिक्सा ठोक्किँदा १ जनाको मृत्यु, १ जना गम्भीर

बुटवलकोमा ईभि हाइस र ईरिक्सा ठोक्किँदा १ जनाको मृत्यु, १ जना गम्भीर

  • 831
    SHARES

  • बुटवलकोमा ईभि हाइस र ईरिक्सा ठोक्किँदा १ जनाको मृत्यु, १ जना गम्भीर

    बुटवल,चैत्र १७।

    बुटवलको ईटाभट्टीमा ईभि हाइस र ईरिक्सा एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

    मंगलबार दिउँसो ३ बजे  बुटवल उपमहानगरपालिका ९ ईटाभट्टी स्थित खत्रि मेडिकल नजिकै भित्रि सडक खण्डमा तिनकुनेबाट बसपार्क तर्फ आउँदै बा प्र ०३००१ ज १२२९ नम्बरको ईभि हाइस र बिपरित दिसाबाट आइरहेको रा १ ह ४४३४ नं को ईरिक्सा आपसमा ठक्कर खाएका थिए । 

    दुर्घटनामा परी अर्घाखाँचीको पाणिनि गाउँपालिका घर भई हाल बुटवल उपमहानगरपालिका १ बस्ने ३२ वर्षीय ईरिक्सा चालक गोबिन्द बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी निशान्त श्रीवास्तवले जानकारी दिए । यस्तै ईरिक्सामा सवार बुटवल २ मैनाबगर बस्ने २३  वर्षीया कृतिका आले मगर गम्भीर घाइते भएको उनले बताए । मगरको दुबै खुट्टा र टाउकोमा गम्भीर चोट लागेको छ । घाइते मगरको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरी प्रमुृख श्रीवास्तवले बताए ।

    प्रहरीले चितवन भरतपुर महानगरपालिका वडा नं १५ रामपुर बस्ने ३४ वर्षीया इभी हाइसका चालक साजन परियार, ईभी हाइस र रिक्सालाई नियन्त्रणमा लिएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, चैत्र १७ २०८२०९:४६:३५

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology