बुटवल,माघ २८-
लायन्स क्लब अफ बुटवल मेट्रो सिटीले पाल्पामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । पाल्पा बगनासकाली गाउँपालिका -६ मा २ सय जना ब्यक्तीहरुले स्वास्थ्य लाभ लिएका छन् ।
लायन्स क्लब अफ बुटवल मेट्रो सिटिका अध्यक्ष उमानाथ अधिकारी उमेशको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बगनासकाली गाउँपालिका प्रमुख कृष्ण बश्याल, वार्ड अध्यक्ष लक्ष्मी प्रसाद अधिकारी ,वार्ड सदस्य झपेन्द्र खनाल,जोन चेयर प्रसन बिनोद सुबेदी,कार्यक्रम सँयोजक डा. सुनिल खरेल,डा.मनिश बिश्वकर्मा, डा.रितु कार्की डा.नेत्र भुसल ल्याब टेक्निसियन अमित बश्याल, पबित्रा कंडेल ,सिर्जन श्रीस स्वास्थ्य चौकी प्रमुख राम प्रसाद न्याैपाने क्लब पदाधिकारीहरु पुकार शर्मा, आशिष् लम्साल, जेपि भण्डारी, बिष्णु पाण्डे दिपेन्द्र पौडेल र सागार आचार्य लगायतको सहभागिता रहेको थियो ।
स्वास्थ्य शिबिरमा क्रिमसन हास्पिटल मणिग्रामले सहयोग गरेको थियो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)