Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कोइरालाको १६औं स्मृतिमा आयोजित महिला भलिवलको उपाधि सिद्धेश्वर माविलाई

कोइरालाको १६औं स्मृतिमा आयोजित महिला भलिवलको उपाधि सिद्धेश्वर माविलाई

  • 951
    SHARES

  • कोइरालाको १६औं स्मृतिमा आयोजित महिला भलिवलको उपाधि सिद्धेश्वर माविलाई

    बुटवल,चैत १४ ।

    बुटवलमा सञ्चालन गरिएको विद्यालय स्तरिय महिला भलिवलको उपाधि सिद्धेश्वर माध्यमिक विद्यालयले प्राप्त गरेको छ ।

    नेपाली काँग्रेसका संस्थापक नेता पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औं स्मृति दिवसको अवसरमा जिपि स्मृति प्रतिष्ठान रुपन्देहीले आयोजना गरेको महिला भलिवल रनिङ् शिल्ड प्रतियोगितामा उजुरसिंहलाई ३-१ को सेट १६-२५, २५-२३, २५-१६ र २५-१७०मा  हराउदै सिद्धेश्वरले उपाधि जितेको हो । 
    शनिबार भएको फाइनल प्रतिस्पर्धामा पराजित भएको उजुरसिंह दोस्रोमा समेटिएको छ । 
    प्रथम भएको सिद्धेश्वरले नवीन र दोस्रोमा समेटिएको उजुरसिंहले पर्रोहा माविलाई हराएर फाईनलमा प्रवेश गरेका हुन् । प्रतियोगितामा प्रथम भएको सिद्धेश्वरलाई २५ हजार रुपैंया तथा दोस्रो भएको उजुरसिंहलाई २० हजार नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । 
    रुपन्देही भित्रका ११ वटा सामुदायिक विद्यालयले प्रतिस्पर्धा गरेको प्रतियोगितामा नवीन औद्योगिक माध्यमिक विद्यालय तेस्रो भएको छ । नविनले पर्रोहा माध्यमिक विद्यालयलाई ३ शुन्यको सेटमा हराएको हो । नविनसंग हारेको पर्रोहा सान्त्वना भएको छ । 
    तेस्रो र सान्त्वना भएका नवीन र पर्रोहालाई क्रमशस् १५ हजार र १० हजार रुपैंया नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । 
    प्रतियोगितामा सिद्धेश्वरकी निरुता नाथ उत्कृष्ट र पर्रोहा माविकी दर्शना रोका अनुशासित खेलाडि घोषित भए । उनीहरुलाई जनही १ हजार ५ सय रुपैंया नगद पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । उनीहरुलाई प्रतिष्ठानका अध्यक्ष रामबहादुर कार्की, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय तथा प्रतिष्ठानका सल्लाहकार राधेश्याम राजभण्डारीले नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरे । 0a1e5619d0380577f3e8fb03c067404f.jpeg
    प्रतियोगितामा प्रथम भएको सिद्धेश्वर, दोस्रो भएको उजिरसिंह, तेस्रो भएको नवीन र सान्त्वना भएका पर्रोहासहित ज्ञानोदय माध्यमिक विद्यालय, शान्ति नमुना माध्यमिक विद्यालय, नहरपुर माध्यमिक विद्यालय, नवरत्न माध्यमिक विद्यालय, पशुपति माध्यमिक विद्यालय, मोतिपुर माध्यमिक विद्यालय र नयाँगाउ माध्यमिक विद्यालयले प्रतिस्पर्धा गरेको कार्यक्रम संयोजक प्रतिष्ठानका कार्यसमिति सदस्य बाबुराम बिकले जानकारी गराए । कार्यक्रम परतिष्ठानकी सचिव गंगा पन्थीको सञ्चालनमा भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, चैत्र १४ २०८२०८:१३:०३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology