Logo बिहिवार, आश्विन १ गते २०८३
images

नयाँ सरकारद्वारा कार्की आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय

नयाँ सरकारद्वारा कार्की आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय

  • 762
    SHARES

  • नयाँ सरकारद्वारा कार्की आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय

    काठमाडौं,चैत १३ ।

    सरकारले जेनजी आन्दोलन दमनबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

    ‘भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले नेपाल सरकारसमक्ष पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्न देहाय बमोजिम गर्ने,’ सरकारको निर्णय सुनाउँदै पोखरेलले भने ।

    उनका अनुसार दुई बुँदामा यसको कार्यान्वयनका चरण छुट्याइएको छ ।

    पहिलो, उल्लेखित आयोगले सिफारिस गरेको व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गरी सो समितिले पेश गरेको सिफारिस बमोजिम गर्ने । दोस्रो, अन्यको हकमा सो आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन गर्ने ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology