Logo मंगलवार, श्रावण १२ गते २०८३
images

१४ औ स्थापना दिवसमा संसार बचत तथा ऋण सहकारीको रक्तदान,५६ पिन्ट संकलन

१४ औ स्थापना दिवसमा संसार बचत तथा ऋण सहकारीको रक्तदान,५६ पिन्ट संकलन

  • 1.1K
    SHARES

  • १४ औ स्थापना दिवसमा संसार बचत तथा ऋण सहकारीको रक्तदान,५६ पिन्ट संकलन

    बुटवल,चैत १२ ।

    संसार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वृहत रक्तदान कार्यक्रम गरेको छ । संस्थाको १४ औ स्थापना दिवस तथा ६९ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा विहिबार बुटवलमा वृहत रक्तदान कार्यक्रम गरेको हो ।

    देविनगर चौपारीमा भएको कार्यक्रमको एक समारोहका बिच जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचनले ब्लड ब्याग हस्तान्तरणसहित उद्घाटन गरे ।

    कार्यक्रममा सहकारीका अध्यक्ष पदम न्यौपानेले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान, विभिन्न संस्थाहरुमा सहयोग गर्दै आएको बताए।IMG_8430.jpeg

    देविनगरस्थित चौपारीमा आयोजना गरिएको कार्यक्रममा ५६ युनिट रगत संकलन भएको रक्तदानका संयोजक बिमल अधिकारीले बताए।सहकारीमा हाल ११२७ शेयर सदस्यहरु रहेको सहकारीका सचिव ईश्वरा देवकोटाले जानकारी दिईन्।

    यसैगरि चैत १५ गते अन्तर सहकारी हाजिरीजवाफ प्रतियोगिता गरिने संयोजक अम्बिका भारती रोक्काले बताईन।

    सामुहिक विकास बचत तथा ऋण सहकारी संस्था लगातार दुई वर्षदेखि विजेता रहेको ब्यवस्थापक बिष्णु खनालले बताए ।IMG_8427.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology