बुटवल,चैत १२ ।
रूपन्देहीको सैनामैनामा रहेको मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अधिवेशनमा राजनीतिक भागबन्डाको तयारी पछि त्यसको बिरोध शुरू भएको छ ।
खानेपानीमा निर्वाचन कार्यतालिका सार्वजनिक भए संगै नेतृत्व चयनको विषय चर्चामा छ । सैनामैना ४ का युवा नेत्र थापाले खानेपानी संस्थामा राजनीतिक भागबण्डा नगर्न अपिल गरेका छन् ।उनले उक्त संस्था कुनै पनि राजनीतिक दलको स्वामित्वमानभई ४ हजार ६ सयभन्दा बढी उपभोक्ताको लगानी, श्रम र विश्वासबाट निर्माण भएको साझा सामाजिक संस्थाभएको उल्लेख गरेका छन्। उनले यस्ता संस्थामा राजनीतिक हस्तक्षेप र पद बाँडफाँडको प्रवृत्ति अत्यन्तै दुःखद र दुर्भाग्यपूर्ण भएको नागरिक अनलाइनसंग बताए।
उनका अनुसार देश परिवर्तनको दिशातर्फ अघि बढिरहेको अवस्थामा पुराना मात्र नभई नयाँ राजनीतिकशक्तिहरूले समेत सामाजिक संघसंस्थामा भागबण्डाको अभ्यास गर्नु चिन्ताजनक विषय भएको बताएका छन्।
थापाले सामाजिक संस्थालाई राजनीतिक प्रभावबाट मुक्त राख्दै सक्षम, इमानदार र सेवामुखी नेतृत्व चयन गर्नुपर्नेमाजोड दिएका छन्।
थापाले संस्थामा राजनीतिक आस्था राख्ने व्यक्तिहरूसँगै स्वतन्त्र र गैरदलीय सोच भएका नागरिकहरूको पनिबराबर हक र सहभागिता रहेको उल्लेख गर्दै नेतृत्व चयन गर्दा राजनीतिक पहिचानभन्दा क्षमता, योगदान रसामाजिक भावना प्राथमिक हुनुपर्ने बताए।
संस्थामा राजनीतिक भागबण्डा गरिएआफु स्वतन्त्र प्यानलमार्फत अध्यक्ष पदमा उम्मेदवारी दिने उनले तयारीमा रहेको बताए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)