Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपाल प्रेस युनियन रुपन्देहीले गर्‍यो विभिन्न निर्णय

नेपाल प्रेस युनियन रुपन्देहीले गर्‍यो विभिन्न निर्णय

  • 459
    SHARES

  • नेपाल प्रेस युनियन रुपन्देहीले गर्‍यो विभिन्न निर्णय

    बुटवल,चैत ११ ।

    नेपाल प्रेस युनियन रुपन्देहीका कोषाध्यक्ष गोविन्द बस्नेतको राजीनामा स्वीकृत गरिएको छ ।

    युनियन रुपन्देहीको बुधबार बुटवलमा बसेको कार्यसमिति बैठकले कोषाध्यक्ष बस्नेतलाई आजका मितिसम्म कोषाध्यक्षको जिम्मेवारी निर्वाह गरेकामा धन्यवाद ज्ञापन गर्दै उनको राजीनामा स्वीकृत गरिएको हो । 
    कोषाध्यक्ष बस्नेतले आफ्नो व्यक्तिगत व्यस्तताको कारण देखाई पदबाट राजीनामा गरेका थिए ।

    युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालको अध्यक्षतामा बसेको बैठकले बस्नेतको राजीनामापछि रिक्त कोषाध्यक्ष पदमा सहकोषाध्यक्ष भुवन जिसीलाई कार्यवाहक कोषाध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ । 
    त्यसैगरी अस्वस्थ्य भई उपचाररत कार्यसमिति सदस्य जयस महमद खाँको पूर्ण स्वास्थ्य लाभको कामना गर्दै आवश्यक सहयोग गर्ने निर्णय गरिएको छ ।

    साथै चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीको अध्यक्षमा युनियनका सहसचिक कृष्ण भण्डारी तथा उपाध्यक्षमा कल्पना डुम्रे सहित निर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको सचिव कपिल ज्ञवालीले जानकारी दिए ।
    नेपाली काँग्रेसको सुभेच्छुक संस्था नेपाल प्रेस युनियनले गएको फागुन २१ गते सम्पन्न प्रतिनीधि सभा निर्वाचनका समयमा निर्वाचनको माहौल सिर्जना गर्न पत्रकारहरुले खेलेको भूमिका उल्लेखनीय रहेको निश्कर्ष सहित लोकतान्त्रिक प्रणाली मजबुद बनाउन खेलेको भूमिकाको प्रशंशा गरिएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology