Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेस उपसभापति पुष्पा भुसालको संयोजकत्वमा संविधान संशोधन अध्ययन समिति गठन

कांग्रेस उपसभापति पुष्पा भुसालको संयोजकत्वमा संविधान संशोधन अध्ययन समिति गठन

  • 552
    SHARES

  • कांग्रेस उपसभापति पुष्पा भुसालको संयोजकत्वमा संविधान संशोधन अध्ययन समिति गठन

    बुटवल,चैत ११ ।

    नेपाली कांग्रेसले संविधान संशोधन अध्ययन समिति गठन गरेको छ।
    आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति गगन थापाले संविधान संशोधन अध्ययन समिति गठनको प्रस्ताव गरेका थिए।
    सो प्रस्तावमाथि केन्द्रीय समितिमा छलफल भई उपसभापति पुष्पा भुसालको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको एक केन्द्रीय सदस्यले जानकारी दिए।

    ती केन्द्रीय सदस्यका अनुसार ७ सदस्यीय समिति गठन भएको हो। समितिमा केन्द्रीय सदस्य २ जना रहने र ४ जना विज्ञ रहने उनको भनाइ छ ।

    संविधान संशोधन/परिमार्जन के के विषयमा आवश्यक छ भन्नेबारे यो समितिले अध्ययन गरी संसदभित्र र बाहिर रहेका दल तथा सरोकारवालाहरूसँग छलफल गर्नेछ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology