Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कालिका मानवज्ञानमा भर्चुअल कविता प्रतियोगिता,कक्षा १० की प्रशंसा प्रथम

कालिका मानवज्ञानमा भर्चुअल कविता प्रतियोगिता,कक्षा १० की प्रशंसा प्रथम

  • 4.3K
    SHARES

  • कालिका मानवज्ञानमा भर्चुअल कविता प्रतियोगिता,कक्षा १० की प्रशंसा प्रथम

    बुटवल भदाै २४ ।

    कालिका मानवज्ञान मा वि बुटवलमा भर्चूअल कविता प्रतियोगिता सम्पन्न भएको छ ।  कोरोना र शिक्षा शिर्षकमा जुम मार्फत गरिएको कविता प्रतियोगितामा सहभागी विद्यार्थीहरुले कोभिड –१९ को कारणले शिक्षा क्षेत्रमा पारेको प्रभावको बारेमा आफ्ना कविताहरु प्रस्तुत गरेका थिए।

    अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा भएकाे कार्यक्रममा कोरोनाको कारणले शैक्षिक संस्थाहरु बन्द भएकोले विश्वभरी करोडाैँ बालबालिकाको पढाइ अवरुद्ध भएको, अभिभावकहरुले रोजगारी गुमाएकोले विद्यार्थीहरु भविष्यमा विद्यालय फर्कन गाह्रो भएको जस्ता पीडाहरु प्रस्तुत गरेका थिए।

    विद्यालयमा कक्षा ८, ९ र १०मा अध्ययनरत २३ जना विद्यार्थीहरुले कविता वाचन प्रतियोगितामा भाग लिएका थिए। उक्त भर्चुअल कविता प्रतियोगितामा कक्षा १० की प्रशंसा भट्टराई प्रथम ,कक्षा ९ की करुणा भुसाल द्वितीय ,कक्षा ८ की नवशिक्षा भण्डारी तृतीय र कक्षा ९ की सिमरन न्यौपानेले सान्त्वना स्थान हासिल गरेका थिए।

    कोरोना कहरमा परेर विद्यालय सञ्ञ्चालन गर्न सम्भव नभएको अवस्थामा पनि विद्यार्थीहरुलाई उनीहरुको सिर्जनात्मक क्षमता प्रस्तुत गर्नको लागि अवसर प्रदान गर्न र कोभिड–१९ विरुद्धको जनचेतना फैलाउनको लागि भर्चुअल माध्यम प्रयोग गरेर भएपनि कविता प्रतियोगिता आयोजना गरिएको विद्यालयका निमित्त प्रधानाध्यापक विष्णुहरि ज्ञवालीले बताए ।

    केहि सहभागीहरुले कोरोनाको कारणले विद्यार्थी र शिक्षकहरु प्रविधिमैत्री बनेको,गह्रौ झोलाहरु बोकेर ग्यान प्राप्त गर्नुपर्ने बाध्यताबाट मुक्त भएर घरमै बसेर नविनतम प्रविधिको प्रयोग गरि सिक्ने अवसर पाएकोले खुशी समेत व्यक्त गरेका थिए ।poem (1).jpg

    कवितामार्फत विद्यार्थीहरुले कोभिड–१९ ले दिएको पिडा, सिकाइमा असर मात्र नभई कोरोना नियन्त्रणमा विद्यार्थी र समुदायले गर्नुपर्ने विभिन्न कामहरुको बारेमा संदेश समेत दिएका थिए।

     

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गलामीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक राजु शर्मा र आइएसए संयोजक ईबराज तिवारीले गरेका थिए। कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक र अतिथि सहित करिब ६५० जनाको सहभागिता थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, भाद्र २४ २०७७०७:५२:०७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology