बुटवल, चैत ९ ।
जी २५ क्लव बुटवल ११ देवीनगरले लुम्बिनी अपाङ्ग तथा अनाथ आश्रममा खाद्यान्न बितरण कार्यक्रम गरेको छ ।
सोमबार एक कार्यक्रमका बिच बुटवल १५ मा उजेलापुरमा रहेको लुम्बिनी अपाङ्ग दृष्टिबिहीन तथा अनाथ आश्रममा चामल, दाल, नुन, कोलगेट, ब्रुस, तेल, औषधिहरु, साबुन, सोयाबिन लगायत दैनिक उपभोग्य खाद्य सामग्रीहरु हस्तान्तरण गरिएको हो । क्लवले देशका ५० भन्दा धेरै जिल्लामा पुगेर यसप्रकारका सामाजिक कामहरु गरिरहेको क्लवका अध्यक्ष सजनकुमार भारीले बताउनुभयो ।
सो अवसरमा बोल्दै, कार्यक्रममा प्रमुख अतिथी बुटवल उपमहानगरपालिका बार्ड नं १५ का बार्ड अध्यक्ष शिव रानाले क्लवले सधै सामाजिक काम गरिरहेकोमा धन्यवाद दिदै आगामी दिनमा यसैगरि काम गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा आश्रमका अध्यक्ष लिलाराम रोका मगरले क्लवले सम्झेर सहयोग गरेकोमा धेरै खुसी लागेको बताउनुभयो ।
सो अवसरमा क्लबका संस्थापक अध्यक्ष रमेशकुमार जोशी,पूर्व अध्यक्षहरु निर्मल नेपाल,मार्गदर्शक बिमल घिमिरे,संरक्षक,प्रेम पाण्डे, उपाध्यक्ष तेजप्रसाद खनाल, सचिव मिलन भारी,सल्लाहकार हुमराज बस्याल,सुवास रायमाझी,नरेश कुवर,प्रेस सल्लाहकार कपिल ज्ञवाली,कार्यक्रम संयोजक राजन पाण्डे क्षेत्री , लेखा समिति संयोजक बिष्णुहरी आचार्य लगायतले बोल्दै बेसाहारालाइ सेवा गर्नु,गास बास र कपासको ब्यवस्था गर्नु नै मानवसेवा हुने धारणा राख्नुभएको थियो ।
कार्यक्रममा पदाधिकारी,कार्यसमितीका सदस्य एवं क्लबका आजीबन सदस्यहरुको सहभागिता रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)