Logo मंगलवार, श्रावण १२ गते २०८३
images

३३ औं विश्व पानी दिवस : रुपन्देहीको कञ्चनमा निःशुल्क धारा वितरण

३३ औं विश्व पानी दिवस : रुपन्देहीको कञ्चनमा निःशुल्क धारा वितरण

  • 561
    SHARES

  • ३३ औं विश्व पानी दिवस : रुपन्देहीको कञ्चनमा निःशुल्क धारा वितरण

    कञ्चन, चैत्र ९।
    रुपन्देहीको कञ्चनमा ३३ औं विश्व पानी दिवसको अवसरमा कञ्चनका अतिविपन्न घर परिवारलाई निःशुल्क धारा वितरण गरिएको छ।

    रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, कञ्चन ४ गरगरे रुपन्देहीले आफ्नो कार्यक्षेत्र भिका अतिविपन्न ३० घर परिवारलाई निःशुल्क धारा वितरण गरेको हो।
    ३ हजार ५ सय भन्दा बढी उपभोक्त भएको उक्त संस्थाले पानी र लिङ्ग भन्ने नारा सहित ३३ औं पानी दिवसको अवसरमा सरोकारवालाहरुसंग अन्तरकृया कार्यक्रम समेतको आयोजना गरी  ‘जहाँ पानी बग्छ, समानता बढ्छ’ भन्ने अभियान नारालाई जनस्तरसम्म पुर्याउदै पानीको पहुँच, सरसफाइ र लैङ्गिक समानताको महत्वपूर्ण अन्तरसम्बन्धलाई दर्शाउन खोजेको हो।

    कार्यक्रमका मुख्य वक्ताका रुपमा रहनु भएका खानेपानी उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका महासिचव धुर्वकुमार धितालले विश्व पानी दिवका लागि तयार गरिएको नाराले पानीको अभाव र संरचनात्मक अवरोधहरूबाट कसरी असमान रूपमा प्रभावित हुन्छन् भन्ने कुरामा केन्द्रित रहेको बताउनु भएको छ।

    पानी छैन त जिन्दगानी छैन, यस अद्भुत  पानीको मानव जिवनसँगको अटुट नातालाई आत्मसाथ गर्दै हरेक मार्च २२ तारिखका दिन विश्व समुदायले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै अन्तर्राष्ट्रिय पानी दिवस मनाउँन लागेको महाचिव धितालले उल्लेख गर्नु भएकाो थियो। महासिचप धितालले सन् १९९३ देखि यस दिवसको क्रम सुरु भएको र विश्वका सबै महादेश अनि देशहरूमा सुरक्षित र स्वच्छ पिउने पानीको उपलब्धता गराउने उद्देश्यका साथ यस दिवसको रूपरेखा तयार पारिएको समेत बताउनु भएको थियो।
    यस्तै कञ्चन गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले अव्यवस्थित विकास निर्माणका कारण भविष्यमा पानीको संकट पर्न सक्ने भन्दै यस बारे सचेतना जगाउन सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको संयुक्त पर्यावरण र विकासको संयुक्त राष्ट्र संघको भेलाले जल दिवस मनाउने घोषणा गरेको स्मरण गर्नु भएको थियो।

    वडा अध्यक्ष खत्रीले कञ्चनवासीलाई स्वच्छ र स्वस्थ पिउने पानी पुर्याउन कञ्चन गाउपालिकाको  समेत जिम्मेवारी रहेको र उक्त जिम्मेवारी बहन गर्ने कार्यमा कञ्चनमा सञ्चालित ७ वटा खानेपानी योजनाहरुले सक्रियतापूर्वक लागि परिरहेको बताउनु भएको थियो।
    यस्तै खानेपानी खानेपानी तथा सरसफाई डिभिजन कार्यलय बुटवलका अधिकृत ईश्वरी प्रसाद आचार्यले नेपालमा यस वर्ष विभिन्न जनचेतनामूलक कार्यक्रमसहित विश्व जल दिवस मनाईरहेको यसै सन्दर्भमा रुपन्देहीको कञ्चनमा पानीको स्वच्छता र स्वस्थता कायम गर्न उपभोक्ताहरुको समेत जिम्मेवारीलाई वोधगम्य बनाउने उद्धेश्यले अन्तरकृया कार्यक्रमको आयोजना गर्नु प्रशसंनीय रहेको बताउनु भएको थियो।

    डिभिजन कार्यलय बुटवलका कार्यलय प्रमुख आचार्यले पानीमा रहेको पर्यावरणीय, सामाजिक र साँस्कृतिक महत्व बुझ्न र बुझाउन अन्तरकृया कार्यक्रमले भूमिका खेल्ने उल्लेख गर्दै विभिन्न अध्ययनका अनुसार पृथ्वीको झण्डै तीन चौथाई हिस्सा पानीले भरिएको तर, यसमध्ये तीन प्रतिशत मात्रै पानी पिउन योग्य रहेको बताउनु भएको थियो ।
    कञ्चन खानेपानी उपभोक्ता महासंघ कञ्चनका अध्यक्ष दिननाथ आचार्यले विश्वमा पिउने पानीको समान वितरणमा चुनौती थपिदै गएको र विश्वकै जलस्रोतमा दोस्रो धनी देश भनिए पनि नेपालमा पिउने पानीको अभाव रहेको बताउनु भएको थियो। पानीका मुहान र स्रोतको संरक्षण नहुँदा समस्या दिन प्रतिदिन बढिरहेको सन्दर्भमा सन् १९९३ देखि यो दिवस मनाउन थालिएको महासंघका अध्यक्ष आचार्यले उल्लेख गर्नु भएको थियो।
    कार्यक्रमको अध्यक्षता गर्दै रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, कञ्चन ४ का अध्यक्ष नाम बहादुर के.सी.ले थोपा थोपा पानीको सुरक्षित गरेर लामो जिवनको सुनिश्चित गर्नु आजको आवस्यकता रहेको बिचार  व्यक्त गर्नु भयो।

    अध्यक्ष के.सी.ले पानी नभएकै कारण संसारका धेरै ठाउँ मरुभूमिका रूपमा परिणत भइरहेको र नेपालको हकमा पनि यही दृष्टान्त लागू हुन सक्ने धारणा राख्नु भएको थियो। नेपाल पानीमा धनी छ तर यहाँको पानीका स्रोतहरू सबै उपभोग्य छैनन् र मानिसको पहुँचभन्दा टाढा पनि रहेको उल्लेख गर्दै अध्यक्ष के.सी.ले नेपाललाई ब्राजिलभन्दा पछिको पानीको दोस्रो धनी मुलुकको रुपमा हेरिने र यहाँ ६००० भन्दा बढी खोलानाला रहेपनि ती सबै खोलानालाहरू बाह्रै महिना पानीले नभरिने भएको हुँदा अधिकांश बर्खामा अर्थात् पानी पर्ने समयमा मात्र पानीले भरिन्छन् र हिउँद महिनामा सुक्खा खहरे खोलामा परिणत हुने कुरा बताउनु भएको थियो ।

    अध्यक्ष के.सी.ले नेपालमा रहेका छ हजार खोलानालामा ६०० नदीनाला भने हाम्रो देशमा सधैं पानीले भरिएका हुने उल्लेख गर्दै तराईको हकमा वितरण गरिदै आएको भूमिगत जललाई सुरक्षित राख्न चुरेक्षेत्रको संरक्षणमा सबै लाग्नु पर्नेमा जोड दिनु भएको थियो।
    संस्थाका सचिव रेशम बहादुर सलामीको सञ्चालनमा भएको कार्यक्रममा संस्थाका कार्यसमितिका तथा वभिन्न उपसमितिका पदाधिकारी, कञ्चनममा सञ्चालित खोनपानी योजनाका अध्यक्ष तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो। कार्यक्रम रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थका , कञ्चन ४ गरगरेको सभाहलमा भएको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology