Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेस केन्द्रीय कार्यसमितिले गर्‍यो सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत

कांग्रेस केन्द्रीय कार्यसमितिले गर्‍यो सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत

  • 777
    SHARES

  • कांग्रेस केन्द्रीय कार्यसमितिले गर्‍यो  सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत

    बुटवल,चैत ९ ।

    नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गरेको छ।

    फागुन २१गतेको निर्वाचनमा नेपाली कांग्रेसले सोचेअनुरुप सिट जित्न नसकेपछि सभापति थापाले नैतिकताको जिम्मेवारीलिँदै उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा दिएका थिए।

    'सभापति गगनकुमार थापाले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर यसको नैतिकजिम्मेवारी लिँदै उपसभापति समक्ष विधानको धारा २६ () बमोजिम पेस गर्नुभएको राजीनामालाई केन्द्रीयकार्यसमितिको यस बैठकले सर्वसम्मत रूपमा अस्वीकृत गर्ने निर्णय गरेको ,' निर्णयमा भनिएको छ। राजीनामाअस्वीकृत गर्नुका विभिन्न कारणहरू पनि बैठकले प्रस्तुत गरेको छ।

    जसमा वर्तमान जटिल राष्ट्रिय परिस्थितिमासभापति थापाको नेतृत्व अझ आवश्यक रहेको अनुभूति भएको, राजीनामा स्वीकार गर्दा पार्टीभित्र अनावश्यकअस्थिरता, अन्योल तथा कार्यकर्ताको मनोबलमा गिरावट आउने सम्भावना रहेकोले, राजीनामा बाध्यकारी नभईनैतिक स्वेच्छिक विषय भएकाले यसको सम्मान गर्दै अस्वीकार गर्नु उपयुक्त देखिएकोले, सामूहिकजिम्मेवारीको सिद्धान्त तथा पार्टी नेतृत्वको स्थायित्वको आवश्यकताको सिद्दान्तमा आधारित रहेकोले, विशेषमहाअधिवेशन पश्च्यात प्रारम्भ गरिएको सुधार कार्यक्रम (कांग्रेस  .) कार्यान्वयनको निरन्तरता आवश्यकरहेकोले, पार्टीलाई आगामी १५औँ महाधिवेशनतर्फ केन्द्रित गर्नुपर्ने आवश्यकता भएकोले केन्द्रीयकार्यसमितिको पूर्ण बैठकबाट सर्वसम्मत निर्णय भएकोले उल्लेख छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology