Logo बिहिवार, आश्विन १ गते २०८३
images

सिद्धबाबाक्षेत्रमा लेदो सहितको ढुङ्गाहरु झरी बाटो अवरुद्ध

सिद्धबाबाक्षेत्रमा लेदो सहितको ढुङ्गाहरु झरी बाटो अवरुद्ध

  • 630
    SHARES

  • सिद्धबाबाक्षेत्रमा लेदो सहितको ढुङ्गाहरु झरी बाटो अवरुद्ध

    बुटवल,चैत ७ ।

    सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्ड अन्तरगत सिद्धबाबा क्षेत्रमा सडक अवरुद्ध भएको छ । आज विहानैदेखि परेको वर्षाले सिद्धबाबा एरियामा लेदो सहितको ढुङ्गाहरु झरी बाटो अवरुद्ध भएको हो ।

    राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार पुर्व पश्चिम राजमार्गमा पर्ने दाउन्ने सडकखण्डमा वर्षका कारणले बाटो चिप्लो भई दुबै तर्फको सवारी साधन पूर्ण रुपमा अवरुद्ध भएको र ति सवारी साधनहरुलाई पाल्पा रुट हुँदै ड्राईभर्सन गरीएकोमा उक्त सडक समेत अवरुद्ध भएको छ । वर्षासँगै सडक हिलाम्य भएपछि दाउन्नेमा सवारीका साधनहरु उकालो चढ्न नसक्दा बीच बाटोमै रोकिएर सडक अवरुद्ध भएको हो ।

    घाम लागेर वा सडक केही सुख्खा भएर सामान्य अवस्थामा नआउँदासम्म दाउन्नेमा सडक सुचारु हुन समस्या हुने देखिएको छ । सडक अवरुद्ध भएपछि सयौँ यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् ।

    शुक्रबारदेखिनै नेपालको मौसममा परिवर्तन आएपछि दाउन्ने क्षेत्रमा तीन दिनका लागि रातको समयमा ठूला मालबाहक सवारीलाई सञ्चालनमा रोक लगाइएको थियो । सडक बिस्तारको काम भैरहेको यस क्षेत्रमा वर्षात तथा सीतलहरको समयमा सडक चिप्लो भएर पटक-पटक अवरुद्ध हुँदै आएको छ ।

    sadak.jpg

    सडक आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास-दाउन्ने-बर्दघाट खण्डमा सवारी रोक्ने निर्णय गरेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology