Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै जेन्जी समुह चितवनको प्रदर्शन

कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै जेन्जी समुह चितवनको प्रदर्शन

  • 798
    SHARES

  • कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै जेन्जी समुह चितवनको प्रदर्शन

    चितवन,चैत ५ ।

    जेन्जेट समूह चितवनले चितवन प्रशासन कार्यालय अगाडि बिरोध प्रदर्शन गरेको छ ।

    आशिष सापकोटा को नेतृत्वमा जिल्ला प्रशासन कार्यालय चितवन परिसरमा आन्दोलन गरेका हुन् । उनीहरूले गौरी बहादुर कार्की आयोग को प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका छन्।

    आन्दोलनमा सहभागी युवाहरूले विगतका विभिन्न छानबिन आयोगका प्रतिवेदनहरू लुकाउने परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिएका छन्। e829236e-cf79-46b4-b640-f0ea3fd04ff1.jpegविशेषगरी भदौ २३ र २४ गतेको घटनासँग सम्बन्धित कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगर्दा सत्यतथ्य जनतासम्म नपुगेको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।
    समूहका संयोजक सापकोटाले सरकारले पारदर्शिता अपनाउँदै प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, दोषीमाथि कारबाही गर्नुपर्ने र पीडितलाई न्याय दिलाउनुपर्ने माग राखेका छन्। आन्दोलनकारीहरूले शान्तिपूर्ण प्रदर्शन गर्दै प्रशासनलाई ज्ञापनपत्र बुझाउने कार्यक्रमसमेत गरेका थिए। उनीहरूले आफ्ना माग पूरा नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सुरज ज्ञवाली

    चितवन,सम्वाददाता

    • बिहिवार, चैत्र ५ २०८२०२:५७:१३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology