बुटवल,चैत ४ ।
बुटवलमा ‘मिष्टर रामापिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा महिला फिजिक्स प्रतियोगिता २०८२ ’ हुने भएको छ ।
लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेश संघ र रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघको संयुक्त आयोजनामा यही चैत्र ६ र ७ गते उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता पुरुष तर्फ ५५ केजीदेखि ७० केजी माथि गरि ६ समूहमा प्रतिस्पर्धा हुने छ भने महिलातर्फ खुला एथलेटिक्स फिजिक विधा रहेको छ ।
मंगलबार आयोजकले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
सो अवसरमा बोल्दै लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष सितुप्रसाद श्रेष्ठले बुटवल श्री अन्तर प्रदेश स्तरीय ११ पटक र उजिर सिहं ३ पटक सफलतापूर्वक सम्पन्न गरेको बताउँदै बुटवलमा काठमाडाँै सबै भन्दा धेरै प्रतियोगिता हुने गरेको बताए । प्रतियोगिता खेल कार्यक्रम मात्रै नभई बुटवलको एतिहासिक पहिचान, लुम्बिनीको गौरव र नेपाली खेलकुद विकासलाई एकै साथ जोडने प्रयास समेत रहेको अध्यक्ष श्रेष्ठले बताए । साथै रामपिथेक्स मार्फत लुम्बिनी प्रदेशको एतिहासिक र वैज्ञानिक महत्व उजागर गर्नका लागि प्रतियोगिता गर्न लागेको समेत लुम्बिनी प्रदेश अध्यक्ष श्रेष्ठले बताए ।
प्रतियोगितामा देशभरबाट सहभागिता रहने जिल्ला रुपन्देही शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए । ‘प्रतियोगितामा विराटनगरदेखि कन्चनपुरसम्मका खेलाडीहरुले सहभागिता जनाउने छन् । ६६ जनाले प्रतियोगितामा सहभागिताको लागि नाम दर्ता समेत गरिसक्नु भएको छ,’ अध्यक्ष श्रेष्ठले भने ।
पुरुष बडीविल्डिङमा प्रथम हुनेले नगद १५ हजारसहित मेडल र प्रमाणपत्र पाउने रुपन्देही जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठले बताए । यस्तै द्धितीय र तृतीय हुनेले क्रमशः नगद १० हजार, ५ हजारसहित मेडल र प्रमाणपत्र पाउने छन् भने उत्कृष्ट खेलाडी (ओभरअलमा प्रथम) हुनेले नगद २ लाखसहित ट्रफि पाउने जिल्ला अध्यक्ष श्रेष्ठले बताए ।
यस्तै महिला तर्फ प्रथम हुनेले नगद ३० हजारसहित ट्रफि पुरस्कार पाउने छन् भने द्धितीय र तृतीय हुने क्रमश १५ हजार, ५ हजारसहित मेडल र प्रमाणपत्र पाउने छन् ।
प्रतियोगितामा दर्ता शुल्क १ हजार दर्ता र प्रवेश टिकट २५० निर्धारण गरिएको छ भने प्रतियोगिता सम्पन्न गर्नका लागि १३ लाख खर्च लाग्ने आयोजकको अनुमान रहेको छ ।
उक्त प्रतियोगिताको संरक्षकको रुपमा बुटवल उपमहानगरपालिका र मुख्य सहयोगि संस्थाको रुपमा लुम्बिनी प्रदेश सरकार रहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)