Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एमाले पाल्पामा सबै वडा कमिटीसहित तानसेन नगर कमिटी विघटन

एमाले पाल्पामा सबै वडा कमिटीसहित तानसेन नगर कमिटी विघटन

  • 240
    SHARES

  • एमाले पाल्पामा सबै वडा कमिटीसहित तानसेन नगर कमिटी विघटन

    बुटवल,चैत्र ४ ।

    नेकपा एमालेले पाल्पाको तानसेन नगर कमिटी सहित सबै वडा कमिटीहरू विघटन गरेको छ। फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा पार्टीले ल्याएको परिणामबारे समीक्षाका लागि बसेको बैठकले अहिलेकै अवस्थामा पार्टी पङ्क्तिलाई अगाडि बढाउन नसकिने भन्दै नगर र सबै वडा कमिटीहरू विघटन गरेको हो। 

    तानसेन नगरपालिकामा १४ वटै वडामा एमालेका वडा कमिटी गठन गरिएका थिए। ती सबै कमिटी विघटन गरिएको नगर अध्यक्ष गुराँस आत्रेयले जानकारी दिए। ‘अब कार्यकर्ताहरूको रोजाइ अनुसार चुस्त दुरूस्त र कामकाजी कमिटी गठन हुन्छन्,’ आत्रेयले भने। आत्रेयका अनुसार नगर र वडामा अर्को कमिटी गठन नहुँदासम्म भने अहिले विघटन गरिएका पुरानै कमिटीले काम गर्ने छन्।

    नयाँ कमिटी गठनका लागि जेठ ३ गते नगर कमिटी गठनका लागि अधिवेशन गर्ने निर्णय गरिएको छ भने तीन महिनाभित्र सबै वडा कमिटीहरूले अधिवेशन गर्ने निर्णय भएको उनले बताए। अध्यक्ष आत्रेयले अहिले रहेको केन्द्रीय नेतृत्व परिवर्तन नहुँदासम्म पार्टी अगाडि बढ्न नसक्ने निष्कर्ष सहित नेतृत्व पुनर्गठनका लागि जिल्ला र केन्द्रीय कमिटीलाई दबाब दिनका लागि पनि आफूले नगर र वटा कमिटी विघटन गरेको बताए।

    ‘यो निर्णय माथिल्ला कमिटीहरूका लागि दबाब पनि हो, अहिलेकै अवस्थाले अब पार्टी अगाडि बढ्न सक्दैन,’ उनले भने।पाल्पा क्षेत्र नं। २ का उम्मेदवार समेत रहेका एमाले केन्द्रीय सदस्य ठाकुर गैरे सहभागी रहेको समीक्षा बैठकमा सहभागीहरूले पार्टी नेतृत्व पुनर्गठन हुनुपर्ने बताएका थिए। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology