Logo मंगलवार, श्रावण १२ गते २०८३
images

ग्यास सिलिण्डर कृत्रिम अभाव : अनुगमनमा ५ सय भन्दा बढी बरामद,ब्यापारिलाइ कारबाही

ग्यास सिलिण्डर कृत्रिम अभाव : अनुगमनमा ५ सय भन्दा बढी बरामद,ब्यापारिलाइ कारबाही

  • 663
    SHARES

  • ग्यास सिलिण्डर कृत्रिम अभाव : अनुगमनमा ५ सय भन्दा बढी बरामद,ब्यापारिलाइ कारबाही

    बुटवल,चैत ३ ।

    रुपन्देहीमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको तथ्य अनुगमनका क्रममा खुलेको छ। नियमित आपूर्ति भइरहेको अवस्थामा पनि केही व्यवसायीहरूले ग्यास लुकाएर राखी अभावको अवस्था बनाएको पाइएको हो।

    सोमबार इलाका प्रशासन कार्यालय बुटवलले ग्यास विक्रेता संघ रुपन्देहीको रोहबरमा बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकाका विभिन्न ग्यास डिलरहरूमा संयुक्त अनुगमन गरेको थियो। अनुगमनका क्रममा १५ वटा ग्यास डिलरबाट लुकाएर राखिएका ५०० भन्दा बढी ग्यास सिलिन्डर फेला परेको इलाका प्रशासन कार्यालय बुटवलका नासु रामप्रसाद शर्माले जानकारी दिए।
    अनुगमन गरिएका ग्यास डिलरहरूमा हेमानी ग्यास (जितगढी), दिव्य दिवस इन्टरप्राइजेज (झोलुङ्गेपुल), न्यू सफल सप्लायर्स (तामनगर), कृतिका दर्शन (ढवाह), न्यौपाने नव स्टोर (तामनगर), पृथ्वी जनप्रिय स्टोर (सैनामैना), बोलबम ट्रेडर्स (सैनामैना), ओम शान्ति सप्लायर्स (सैनामैना), लाङघाली विज्रल एण्ड क्रिसन (सैनामैना) लगायत रहेका छन्।
    अनुगमनका क्रममा सैनामैना–५ स्थित लाङघाली ग्यास डिलरले तोकिएको मूल्यभन्दा करिब ३०० रुपैयाँ बढी लिएर ग्यास बिक्री गरेको पनि भेटिएको नासु शर्माले बताए। उनले उपभोक्ताबाट बढी लिइएको रकम तत्काल फिर्ता गराइएको र उक्त डिलरलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरिने जानकारी दिए।

    यता ग्यास बिक्रेता संघ रुपन्देहीका अध्यक्ष प्रदीप प्रसाद पन्थले जिल्लामा आवश्यकताअनुसार ग्यासको आयात भइरहेको बताउँदै कृत्रिम अभाव सिर्जना गर्ने वा कालोबजारी गर्ने व्यवसायीलाई संघले संरक्षण नगर्ने स्पष्ट पारे। उनले त्यस्ता गतिविधिमा संलग्नमाथि कानुनअनुसार कारबाही गर्न प्रशासनलाई आग्रह समेत गरेका छन्।
    साथै उनले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न र ग्यास अभाव भएमा सम्बन्धित ग्यास विक्रेता संघलाई जानकारी गराउन पनि अनुरोध गरेका छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology