बुटवल,माघ २७-
पछिल्लो २४ घण्टामा १६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्यावधिक गरेको पछिल्लो विवरण अनुसार देशभर १६० जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या २ लाख ७२ हजार २१५ पुगेको छ। पछिल्लो २४ घण्टामा १६५ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन्। कोरोनामुक्त हुने संक्रमितको संख्या २ लाख ६८ हजार ४३१ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमितको संख्या १७३७ छ। पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ । यससंगै कोरोनाबाट मृत्यु हुनेको संख्या २०४७ पुगेको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)