Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘बुटवल महामेला’ आजदेखि,देविनगरमा बन्यो बुर्ज खलिफा !

‘बुटवल महामेला’ आजदेखि,देविनगरमा बन्यो बुर्ज खलिफा !

  • 939
    SHARES

  • ‘बुटवल महामेला’ आजदेखि,देविनगरमा बन्यो बुर्ज खलिफा !

    बुटवल,चैत १ ।

    बुटवलमा आजदेखि चैत २४ गतेसम्मबुटवल महामेलाआयोजना हुंदैछ । मेलाको बेलुका ५ बजे उद्घाटन हुनेछ ।

    देवीनगरस्थित रंगशालामासञ्चालन हुने मेलामा करिब पाँच लाख दर्शकले अवलोकन गर्ने  अपेक्षा गरिएको आयोजकले जनाएको ।फर्वार्ड नेपाल मल्टिप्रपोज कम्पनीको आयोजनामा हुने मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिकप्रस्तुति रहनेछ

    साथै मेलामा जलपरी कपल डान्स, बुर्ज खलिफा शैलीको आकर्षण, लुम्बिनीको प्रतिमासहितकोविशेष सचिवालय लगायतका विभिन्न आकर्षणहरू राखिएको कम्पनीका अध्यक्ष गोविन्द भुषालले जानकारी दिए

    आयोजक संस्थाले मेलाको तयारी पूरा भएको जानकारी दिएको ।मेलालाई थप आकर्षक बनाउन टिकटक प्रतियोगिता, डान्स प्रतियोगिता लगायतका कार्यक्रमहरू पनि सञ्चालनगरिने बताइएको

    आयोजकका अनुसार मेला मनोरञ्जनसँगै व्यापारिक गतिविधि प्रवर्द्धन स्थानीय अर्थतन्त्रलाई चलायमानबनाउन सहयोग पुग्ने अपेक्षा गरिएको

    बुटवल उपमहानगरपालिका संरक्षक रहेको मेलामा हरेक दिन राष्ट्रिय स्थानिय कलाकारहरुको विशेष प्रस्तुतीरहनुका साथै  मेलामा आकर्षणको रुपमा बुज्र खफिफा, सिंहदरबार, धरहरा, बुद्ध मुर्तीलगायत लुम्बिनीको झल्कोदिनेगरी सचिवालय निर्माण गरिने अध्यक्ष भुसालले बताए

    मेलाको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्ने कार्यक्रम रहेको  मेलामा विभिन्न प्रकारका सय २० वटा स्टल रहनेछन् यस्तै मेला अवधिभर करिब लाख दर्शक आउने करोड भन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष भुसालले जानकारी दिए

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology